सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल २०६ नजिर अभिलेखमध्ये पृष्ठ ३ / ९

नि.नं. 10570वि.सं. २०७७संयुक्त इजलास

दा.खा.नामसारी हक कायमसमेत

एकपटक स्वेच्छाले अन्य अंशमा दाबी नगर्ने भनी हक छाडी विश्वास दिलाई मिलापत्रको कागज गरिसकेको अवस्थामा उक्त मिलापत्रको बेहोराको प्रतिकूल हुने गरी सोही जग्गामा हक कायम गरिपाउँ भनी पुन: दाबी गर्नु विबन्धनको सिद्धान्तविपरीत हुने । (प्रकरण नं.४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10569वि.सं. २०७७संयुक्त इजलास

मोही नामसारी

दर्तावाला मोही र निजका एक मात्र छोराको समेत मृत्‍यु भई निजका हकवालाहरू जीवितै रहेको अवस्थामा जग्‍गाधनीले हकवालाहरूमध्‍येबाट मोही छनौट नगरेकै आधारमा सम्पत्तिमा रहेको मोहीको हकवालाको अधिकार समाप्‍त हुन नसक्ने । (प्रकरण नं.५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10568वि.सं. २०७७संयुक्त इजलास

उत्प्रेषण / परमादेश

बाढी पहिरोबाट राज्यले बेहोर्नु परेको क्षति र जनताले पाएको हैरानीको बिच तादात्म्य हुने गरी राज्यका क्रियाकलाप प्रदर्शित हुनुपर्ने । प्राकृतिक स्रोतको दिगो उपयोग हुने गरी गरिएको विकास नै वास्तवमा दिगो विकास हो । तसर्थ, आगामी दिनमा बाढी पहिरोबाट हुन सक्ने क्षतिको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10567वि.सं. २०७७पूर्ण इजलास

उत्प्रेषण / परमादेश

लोग्ने स्वास्नीबिच अंश र सम्बन्ध विच्छेद मुद्दा परी मुद्दा अन्तिम फैसला भई कार्यान्वयनको क्रममा रहेको अवस्थामा सोही सम्बन्ध विच्छेद हुने गरी भएको फैसलाका आधारमा नयाँ विवाह गरिएकी पत्नीलाई समेत सम्बन्ध विच्छेद गरेकी पत्नीसँग अंशियार कायम गर्नु न्यायोचित र स्वाभ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10566वि.सं. २०७७पूर्ण इजलास

कर्तव्य ज्यान

एउटै कानूनको प्रयोग गर्दा पक्षहरूबिच विभेद र फरक व्यवहार हुने गरी कानूनको प्रयोग गर्नु उचित नहुने । कानूनमा प्रयुक्त शब्दको अक्षरश: अर्थ (literal meaning) गर्दा थप जटिलता, असुविधा र असामञ्जस्यता सिर्जना हुन पुग्दछ भने त्यस्तो अवस्था नआउने गरी नै कानूनको व्याख्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10565वि.सं. २०७७संयुक्त इजलास

जबरजस्ती करणी

हाडनाता गर्नेको महलमा प्रस्टरूपमा मामाको छोरी र फुपूको छोरा हाडनाता हो भनी नभनेको अवस्थामा जबरजस्ती करणीको अभियोग लागी कसुर ठहर भई सजायसमेत भएका प्रतिवादीलाई प्रयोग हुनै नसक्ने कानूनको दफा लगाएर पेस भएको अभियोगको आधारमा कुनै कानूनले यही भनेको होला भनी अनुमानको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10564वि.सं. २०७७संयुक्त इजलास

जबरजस्ती करणी

जाहेरवाली तथा पीडितको एकआपसमा बाझिरहेको बकपत्रमा उल्लिखित कथनहरूले जाहेरी बेहोरा तथा अभियोग दाबीलाई खण्डित गरिरहेको देखिन्छ । जबरजस्ती करणी जस्तो गम्भीर फौजदारी अभियोगमा पीडित तथा जाहेरवालीको यस्तो परस्पर विरोधी कथनलाई प्रमाणको रूपमा ग्रहण गर्न नमिल्ने । (प्रक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10563वि.सं. २०७७संयुक्त इजलास

उत्प्रेषण

आफैँले हत्या गरेको व्यक्तिको निवृत्तिभरण सो हत्या गर्ने व्यक्तिले पाउँदछ भन्नु न्याय, नैतिकता तथा सामाजिक सुव्यवस्थाका दृष्टिले समेत उचित नदेखिने । निवृत्तिभरण पाउने अधिकार पनि एक प्रकारको सम्पत्तिउपरको अधिकार हो । यसबाट पनि आर्थिक लाभ नै प्राप्त हुने हो । त्य…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10562वि.सं. २०७७संयुक्त इजलास

उत्प्रेषण / प्रतिषेध / परमादेश

सार्वजनिक खरिद ऐन, २०६३ को दफा १२ बमोजिम सार्वजनिक खरिद सम्बन्धमा सार्वजनिक निकायले पूर्वयोग्यता निर्धारण गर्न सक्ने भन्‍ने व्यवस्था गरेको देखिन्छ । जसअनुसार सार्वजनिक खरिद सम्बन्धमा के कस्तो सर्त बन्देज राख्‍ने भन्‍ने विषय सम्बन्धित मालसामान, सेवा, निर्माण का…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10561वि.सं. २०७७संयुक्त इजलास

ट्रेडमार्क दर्ता

 दर्ता भएको ट्रेडमार्क र अक्षर उस्तै वा बिच वा अन्तमा कुनै अक्षर कपी गरी वा अलिकती केही कुरा थप गरी उच्चारणमा धेरै समानता थोरै असमानता हुने र झट्ट अक्षर र चिन्ह हेर्दा उस्तै देखिने गरी प्रस्तुत गरिएकोमा त्यसलाई झुक्‍याउने ९म्भअभउतष्खभ० किसिमको समानता भनिने ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10560वि.सं. २०७७संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

विधिवत् रूपमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची १ मा उल्लिखित ठगीसम्बन्धी कसुरमा किटानी जाहेरी परी मुद्दा हेर्ने निकाय जिल्ला अदालतबाट पक्राउ गर्न अनुमति लिई दिई पक्राउ गरी म्याद थप गर्दै अनुसन्धानको लागि थुनामा राखिएको विषयलाई लिएर बन्दीप्रत्यक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10559वि.सं. २०७७संयुक्त इजलास

उत्प्रेषण

मोही लागेको जग्गाको स्वामित्व कुनै तरहले हस्तान्तरण भएमा मोहीको आधा हक छुट्याउनु पर्ने हुन्छ । तसर्थ, मोही लागेको जग्गाको स्वामित्व हस्तान्तरण भएमा जग्गाको सम्पूर्ण मूल्यको आधा मूल्य नै कायम गर्नुपर्ने हुन्छ अन्यथा मोही लागेको जग्गाको लिलाम बिक्री नै हुन नसक्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10558वि.सं. २०७७संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

सक्षम अदालतले आफूसमक्ष दर्ता हुन आएको मुद्दामा मिसिल संलग्न तत्काल प्राप्‍त प्रमाणहरूको समुचित मूल्याङ्कन गरी प्रतिवादीलाई थुनामा राख्ने वा धरौटी लिने वा साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने भन्‍ने विषयमा प्रचलित कानूनको अधीनमा रही सम्बन्धित अदालतले गरे…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10557वि.सं. २०७७संयुक्त इजलास

उत्प्रेषण

करार गर्दाको बखत नै कुनै विवाद उत्पन्‍न भएमा मध्यस्थबाट भएको निर्णय दुवै पक्षलाई मान्य हुने भनी स्वीकार गरेपछि विवाद उत्पन्‍न भई मध्यस्थबाट निर्णय भएको अवस्थामा उक्त निर्णयबाट संवैधानिक र कानूनी हक हनन् भयो भनी रिट क्षेत्राधिकारको प्रयोग गर्नु रिट तथा करार दुव…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10556वि.सं. २०७७संयुक्त इजलास

मोही नामसारी

हकवालाहरू जीवितै रहेको अवस्थामा जग्‍गाधनीले हकवालाहरूमध्‍येबाट मोही छनौट नगरेकै आधारमा सम्पत्तिमा रहेको व्‍यक्तिको भोगाधिकार समाप्‍त हुन नसक्ने । (प्रकरण नं.५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10555वि.सं. २०७७संयुक्त इजलास

कुटपिट अङ्गभङ्ग

वारदातका समयमा परेको चोटको असरले गर्दा अङ्गले तत्कालीन अवस्थामा पहिलाको जस्तो काम गर्न नसक्नु एउटा पाटो हो भने उपचारपश्चात् त्यो अङ्गले काम गर्न सक्नु अर्को पाटो हो । कुनै अङ्ग कुटपिटबाट भाँच्चिएको वा फुक्लेकोमा उपचारपश्चात् पनि कुनै सुधार नभई त्यो अङ्ग निष्क्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10554वि.सं. २०७७संयुक्त इजलास

उत्प्रेषण / परमादेश

कानूनले स्पष्टसँग एउटा निकायलाई अधिकार प्रदान गरिरहेको अवस्थामा सो अधिकारमाथि हस्तक्षेप गर्नु न्याययोग्य (Justiciable) हुन सक्दैन । कुनै पनि निर्णय गर्ने विधि र प्रक्रिया संविधान तथा कानूनले नै निर्धारण गरेको हुन्छ । संविधान, कानून वा कानूनले निर्धारित प्रक्रि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10553वि.सं. २०७७संयुक्त इजलास

कर्तव्य ज्यान

आवेश प्रेरित हत्यामा प्रतिवादीमा पीडितउपर आक्रमण गर्ने उत्तेजना तथा रिस तत्काल नै जागृत भएको हुन्छ । तत्कालको रिस थाम्न नसकी उत्पन्‍न आवेश वा उत्तेजनामा गरिने कार्यबाट सम्भावित परिणामको ख्याल नगर्ने र त्यस सम्बन्धमा सोचविचारसमेत नगर्ने हुँदा तत्कालको अवस्थालाई…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10552वि.सं. २०७७संयुक्त इजलास

आयकर (२०७०/71)

आयकर

 कुनै एउटा विभागीय निर्देशिकाको उदाहरणमा प्रयुक्त शव्दावलीलाई कानून सरह मान्यता दिई उदाहरणमा परे ईतरका उही आशय बोक्ने शव्दावलीलाई बाहेक गरेर अर्थ र व्याख्या गर्दा कानूनको वास्तविक मनसाय प्रकट हुँदैन भन्ने कुरा निर्णयकर्ताले निर्णयको दौरान हेक्का राख्नुपर्ने ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10551वि.सं. २०७७संयुक्त इजलास

मूल्य अभिवृद्धि कर (०६४ श्रावणदेखि ०६६ वैशाखसम्म)

राजस्व प्रयोजनका लागि प्रशासकीय पुनरावलोकन गर्न क्रेडिट रकमलाई धरौट मान्न नमिल्ने भएपछि निवेदकलाई अतिरिक्त धरौटी पेस गर्न लगाउने मनासिब मौकासमेत नदिई एकपटक दर्ता भइसकेको निवेदनमा मनासिब विकल्पबिना नै एकपक्षीय रूपमा निवेदन खारेज गरिदिएको कुरालाई न्यायसम्मत् भन्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10550वि.सं. २०७७संयुक्त इजलास

बढुवामा झुठा शैक्षिक योग्यताको प्रमाण-पत्र पेस गरी भ्रष्टाचार गरेको ।

पेस भएको सर्टिफिकेट ओहदा पाउन, ओहदामा बहाल हुन वा कुनै लाभ सुविधा प्राप्त गर्ने उद्देश्यले पेस नगरेको भन्ने भएकोमा पेस गर्न आवश्यक नभएको सर्टिफिकेट नक्कली बनाई पेस गर्ने कार्य पछाडि ओहदासम्बन्धी सम्भावित लाभ प्राप्त गर्ने आपराधिक अभिप्राय रहेको स्पष्ट देखिने ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10549वि.सं. २०७७संयुक्त इजलास

कर्तव्य ज्यान

वारदातपूर्व नै गम्भीर मानसिक रोगी भएको अवस्थाको परिकल्पना अदालतले गर्ने हो भने सोसम्बन्धी उपचारमा उसको निरन्तरता हुनुपर्ने पनि अदालतले अनुमान गर्नुपर्ने हुन्छ । २०६० सालमा भएको उपचार र २०७० सालमा भएको घटनाबिचमा कुनै पनि औषधी उपचार गरेको उल्लेख छैन । यसबाट पनि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10548वि.सं. २०७७पूर्ण इजलास

करारबमोजिम दायित्व पूरा गराई पाऊँ ।

कानूनले तोकेको रीत नपुगेको वा कानूनबमोजिम सरकारी कार्यालयमा हुनुपर्ने रजिस्ट्रेसन नभएको अपरिपक्व (premature) लिखतको आधारमा मात्र अचल सम्पत्तिमा एउटाको हक समाप्ति र अर्काको हक प्राप्ति हुन सक्ने कानूनी व्यवस्थाको अभावमा भएको करारीय लिखतको आधारमा अचल सम्पत्तिको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10547वि.सं. २०७७संयुक्त इजलास

उत्प्रेषण / परमादेश

जनतामा हक अधिकारहरूको वास्तविक उपभोगका साथै उपभोगको अनुभूति पनि हुनुपर्छ । स्वास्थ्य केन्द्र खोलिएको छ वा निःशुल्क औषधिको व्यवस्था गरिएको छ मात्र भनेर हुँदैन ती व्यवस्थाहरूको उपभोग जनताले यथार्थमा गर्न पाएका छन् वा छैनन्, स्वास्थ्य संस्था सहज पहुँचमा छ वा छैन,…

नजिर सार पढ्नुहोस् →