नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10561 · वि.सं. २०७७
नि.नं. 10561 — ट्रेडमार्क दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
दर्ता भएको ट्रेडमार्क र अक्षर उस्तै वा बिच वा अन्तमा कुनै अक्षर कपी गरी वा अलिकती केही कुरा थप गरी उच्चारणमा धेरै समानता थोरै असमानता हुने र झट्ट अक्षर र चिन्ह हेर्दा उस्तै देखिने गरी प्रस्तुत गरिएकोमा त्यसलाई झुक्याउने ९म्भअभउतष्खभ० किसिमको समानता भनिने । ९प्रकरण नं।४२० खराव उद्देश्य र वदनियतका साथ अन्य वा कुनै विदेशी कम्पनीको ट्रेडमार्क दर्ता गराए वा त्यस्तो ट्रेडमार्क दर्ता गराउँदाको सुरु कारवाहीको प्रक्रिया देखि नै दर्ता गर्ने कम्पनी र कम्पनी रजिष्ट्रारको कार्यालयको शुद्ध आसय नदेखिए वा ट्रेडमार्क दर्ताको कार्यगत प्रक्रियाको प्रारम्भबाट नै प्रथम दृष्टिमा बदनियत देखिन आए त्यस्तो ट्रेडमार्क दर्ता बदरको लागी कुनै हदम्यादको प्रश्न उपस्थित नहुने । ९प्रकरण नं।४४० निवेदकका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ताहरु श्री महादेव यादव, श्री उपेन्द्र केशरी न्यौपाने र विद्वान् अधिवक्ताहरु श्री दामोदर तिम्सिना, श्री जनकप्रसाद भण्डारी, श्री सन्तोष तिवारी र श्री अरुण ज्ञवाली विपक्षीका तर्फबाट स् विद्वान उपन्यायाधिवक्ता श्री सोमकान्त भण्डारी, विद्वान वरिष्ठ अधिवक्ता श्री रामकृष्ण निराला, विद्वान् अधिवक्ताहरु डा। श्री रुद्र शर्मा श्री सन्जनवर सिंह थापा, श्री मेघराज पोखरेल, श्री रमेश कुमार वस्नेत तथा श्री नविनकुमार वर्मा
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10561 |
|---|---|
| मुद्दाको विषय | ट्रेडमार्क दर्ता |
| निर्णय वर्ष / मिति | 2076/11/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के।सी। | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10561 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
