नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10567 · वि.सं. २०७७
नि.नं. 10567 — उत्प्रेषण / परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
लोग्ने स्वास्नीबिच अंश र सम्बन्ध विच्छेद मुद्दा परी मुद्दा अन्तिम फैसला भई कार्यान्वयनको क्रममा रहेको अवस्थामा सोही सम्बन्ध विच्छेद हुने गरी भएको फैसलाका आधारमा नयाँ विवाह गरिएकी पत्नीलाई समेत सम्बन्ध विच्छेद गरेकी पत्नीसँग अंशियार कायम गर्नु न्यायोचित र स्वाभाविकसमेत मान्न नसकिने । अंश पाई सम्बन्ध विच्छेद भइसकेपछि सम्बन्ध विच्छेद भइसकेकी पहिलो श्रीमती पूर्वपतिको परिवारको सदस्य रहेको मान्न नसकिने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10567 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेश |
| निर्णय वर्ष / मिति | 2077/08/11 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री दीपकराज जोशी |
| मुद्दा नं. | ०७३-NF-००२४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10567 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
