नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10547 · वि.सं. २०७७

नि.नं. 10547 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

जनतामा हक अधिकारहरूको वास्तविक उपभोगका साथै उपभोगको अनुभूति पनि हुनुपर्छ । स्वास्थ्य केन्द्र खोलिएको छ वा निःशुल्क औषधिको व्यवस्था गरिएको छ मात्र भनेर हुँदैन ती व्यवस्थाहरूको उपभोग जनताले यथार्थमा गर्न पाएका छन् वा छैनन्, स्वास्थ्य संस्था सहज पहुँचमा छ वा छैन, त्यहाँ आवश्यक जनशक्ति, औषधिमुलो उपलब्ध छ वा छैन, छ नै भने पनि छ भन्‍नेबारे समुदायमा जानकारी छ वा छैन, उद्देश्य र उपायको परीक्षण (end-means test) गर्दै सुविधाहरू वितरण नगरिएको वा कुशासन र चुहावटको कारण लक्षित वर्गमा गरिएको व्यवस्था पुग्न नै सकेको पो छैन कि, भन्‍ने कुराहरू विशेषरूपले हेरिनुपर्ने । कार्यपालिकाको स्थानमा आफूलाई राख्‍ने चाहना न्यायपालिकाको कदापि रहँदैन । तर दायित्व सुम्पिएका निकायहरूले आफ्नो दायित्व निर्वाह नगरेमा न्यायपालिकाले आफ्नो संवैधानिक कर्तव्य निर्वाह गर्नेक्रममा के गरियो वा गरिएन, वा के गर्नुपर्ने हो सो अवश्य हेर्नुपर्ने । (प्रकरण नं.१२) कोभिड-१९ को महामारीको सन्दर्भमा प्रदान गरिने स्वास्थ्य सेवा आकस्मिक सेवा र आधारभूत सेवा दुवै हुनाले यो सेवा तत्काल र निःशुल्क प्रदान गरिनुपर्ने हुन्छ । आधारभूत र आकस्मिक स्वास्थ्य राज्यको सर्वोच्च प्राथमिकतामा रहेमा मात्र नागरिकहरू स्वस्थ र सक्रिय रहन सक्छन् । यिनै स्वस्थ र सक्रिय नागरिकको लगानी र सहभागितामा मुलुक अघि बढने हो; यो जीवन्त वास्तविकतालाई कसैले भुल्न नमिल्ने । (प्रकरण नं.१५) जहाँ संविधानद्वारा प्रत्याभूत हकहरूको कार्यान्वयनको कुरा आउँछ, निजी संस्थानहरूले पनि हक अधिकारको सम्मान गर्दिन; संविधानको मतलब छैन भन्न मिल्दैन । यदि त्यसो भनेमा अधिकारहरूको कार्यान्वयन गर्न उपयुक्त आदेश दिने दायित्व सरकारमा रहन्छ र सरकारले नगरेमा यस अदालतले उपयुक्त आदेश दिन सक्छ । संवैधानिक विधिशास्त्रमा यसलाई अधिकारहरूको तेर्सो कार्यान्वयन (horizontal enforcement of rights) र अधिकारहरूको दिप्तिमान प्रभाव (radiant effect of rights) भनिन्छ । यस्तो प्रभाव दिने कार्यमा योगदान गर्नु अदालतको कर्तव्य हुने । (प्रकरण नं.२०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10547
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2077/06/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान
मुद्दा नं.०७७-WO-०१३० | ०७६-WO-०९३३ | ०७६-WO-०९७३ | ०७६-WO-०९६२ | ०७६-WO-०९३४ | ०७६-WO-०९३६ | ०७६-WO-०३३० | ०७६-WO-०९३९ | ०७६-WO-०९४१ | ०७६-WO-०९४० | ०७६-WO-०९३७ | ०७६-RE-०३९२ | ०७६-WO-०९४४
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10547
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्