नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10568 · वि.सं. २०७७

नि.नं. 10568 — उत्प्रेषण / परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

बाढी पहिरोबाट राज्यले बेहोर्नु परेको क्षति र जनताले पाएको हैरानीको बिच तादात्म्य हुने गरी राज्यका क्रियाकलाप प्रदर्शित हुनुपर्ने । प्राकृतिक स्रोतको दिगो उपयोग हुने गरी गरिएको विकास नै वास्तवमा दिगो विकास हो । तसर्थ, आगामी दिनमा बाढी पहिरोबाट हुन सक्ने क्षतिको न्यूनीकरण, प्राकृतिक प्रकोप एवं विपत् व्यवस्थापन, सुरक्षित भई बाँच्न पाउने हकको सम्मान, दिगो विकास, सुरक्षित, स्वास्थ्य तथा सुन्दर बस्ती विकास, दैवीप्रकोपको बेला आश्रय लिने पर्याप्त खाली जमिनको योजनाबद्ध साथै नीति निर्माण र समसामयिक कानून निर्माणका लागि नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयसमेतका नाममा निर्देशनात्मक आदेश जारी हुने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10568
मुद्दाको विषयउत्प्रेषण / परमादेश
निर्णय वर्ष / मिति2074/10/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ
मुद्दा नं.०७४-WO-००७४
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10568
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्