नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10566 · वि.सं. २०७७

नि.नं. 10566 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

एउटै कानूनको प्रयोग गर्दा पक्षहरूबिच विभेद र फरक व्यवहार हुने गरी कानूनको प्रयोग गर्नु उचित नहुने । कानूनमा प्रयुक्त शब्दको अक्षरश: अर्थ (literal meaning) गर्दा थप जटिलता, असुविधा र असामञ्जस्यता सिर्जना हुन पुग्दछ भने त्यस्तो अवस्था नआउने गरी नै कानूनको व्याख्या गर्नु श्रेयस्कर हुने । न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) मा भएको पुनरावेदनसम्बन्धी व्यवस्थामा “दश वर्ष वा सोभन्दा बढी कैदको सजाय भएको मुद्दा” भन्ने उल्लेख भएको देखिएको र सो वाक्यको व्याख्या वा प्रयोग कुनै एक प्रतिवादीलाई १० वर्षभन्दा बढी कैद भएको अवस्थामा त्यस्तो प्रतिवादीको हकमा मात्र आकर्षित नहुने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10566
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2076/04/23
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मीरा खड्का | माननीय न्यायाधीश श्री बमकुमार श्रेष्ठ | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री चन्द्रबहादुर सारू | माननीय न्यायाधीश श्री दुर्गादत्त भट्ट | माननीय न्यायाधीश श्री ओमप्रकाश मिश्र | माननीय न्यायाधीश श्री देवेन्द्र गोपाल श्रेष्ठ
मुद्दा नं.०७४-NF-००१५
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10566
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्