नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10559 · वि.सं. २०७७

नि.नं. 10559 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

मोही लागेको जग्गाको स्वामित्व कुनै तरहले हस्तान्तरण भएमा मोहीको आधा हक छुट्याउनु पर्ने हुन्छ । तसर्थ, मोही लागेको जग्गाको स्वामित्व हस्तान्तरण भएमा जग्गाको सम्पूर्ण मूल्यको आधा मूल्य नै कायम गर्नुपर्ने हुन्छ अन्यथा मोही लागेको जग्गाको लिलाम बिक्री नै हुन नसक्ने भई भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(घ) को प्रतिकूल हुने । मोही लागेको जग्गाको जग्गाधनीको हक हिस्सा मात्र लिलाम हुने, मोहीको हक हिस्सा लिलाम नहुने, जग्गाधनीबाट मोहीले आफ्नो आधा हिस्सा जुनसुकै बखत छुट्याई लिई मोही लगत कट्टा गराउन सक्ने हकाधिकार मोहीमा निहित रहेकोमा जग्गाधनीको आधा हिस्साको मात्र न्यूनतम मूल्याङ्कन भएको भनी मान्यता प्रदान गर्दा भूमिसम्बन्धी ऐन, २०२१ को मर्मबमोजिम मालपोत कार्यालयले कायम गरेको न्यूनतम मूल्याङ्कनको आधाभन्दा पनि बढी मोल कायम गरी भएको पञ्चकृते मूल्याङ्कन बेरितको भनी मान्न नमिल्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10559
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2076/10/26
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल
मुद्दा नं.०७१-WO-०७१३
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10559
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्