(१) सगोलमै रहेको अवस्थामा नदीकाट बालु बूर्जमा सकारेको र आफूले बकस पाएको भए पनि अंशबण्डाको १८ नं. मा भएको संशोधन पूर्व आर्जन गरेको देखिएकोले तत्काल प्रचलित अंशबण्डाको १८ नं. मा भएको व्यवस्थाले सगोलका सबै अंशियारले भाग पाउने नै देखिन आउने । (प्रकरण नं. १४)
(१) घरसारमा बण्डा गरी आफ्नो भाग बण्डा बुझी लिई दिई सोही बमोजिम दा.खा.तथा अरु लेखाई देखाई समेत गरी भोगचलन समेत गरी सकेपछि घटी बढी परेको भए उसै अवस्था उजूर गरी बदर गराउनु पर्ने । (प्रकरण नं. १५)
(१) सम्पत्तिमा आफ्नो भाग पाई आफ्नो नाउँमा दर्ता गरी भोग समेत गरी सकेपछि फेरि अंश पाउँ भनी पर्न आएको फिराद अंशबण्डाको ३० नं. मा भएका व्यवस्थाले नमिल्ने । (प्रकरण नं. १३)
(१) साँधको एउटै कित्ताको जग्गा दुईजनालाई वादी संधियारमा नपर्ने गरी २ कित्ता कायम गरी बिक्री गरेकोमा दुवै कित्तामा सन्धिसर्पन र संधियारको नाताबाट एकै मितिमा निखनाई पाउँ भनी दर्खास्त दिन पाउने भन्न मुलुकी ऐन लेनदेन व्यवहारको १२ नं. को कानुनी व्यवस्थाले नमिल्ने भ…
(१) गुठी संस्थान ऐन, २०२१ को दफा १७ को प्रतिबन्धात्मक वाक्यांशमा भएको व्यवस्थाबाट गुठी जग्गामा कसैले घर बनाई बसेको भए निजलाई सो घरबाट उठाउन पाउने छैन भन्ने व्यवस्था भएको र गुठी संस्थान ऐन, २०३३ को दफा ३५(२) ले पनि सोही व्यवस्था अनुरुप कसैले गुठी जग्गामा स्वीकृ…
(१) लेनदेनको ३ नं.मा भएको व्यवस्थाबाट दृष्टिबन्धक लेखिएकोमा भाखा नाघेको मितिले बन्धक लिएको जग्गा चलन गर्नुपर्ने चलन नदिए नालिश दिनुपर्ने र म्याद नघाई बसी चलन नलिए मात्र दृष्टिबन्धक लिखत कपाली सरह हुने । (प्रकरण नं. १३) (२) वादी आफैंले म्यादभित्र दिएको फिरादबाट…
(१) गोश्वारा हकको जग्गा गोश्वारा हक हुने एक अंशियारको नाउँमा नापी भएकोमा सोबाट अरु गोश्वारा हक हुने अंशियारको हक निजको हक टुटेको प्रमाण बेगर टुट्न नसक्ने । (प्रकरण नं. ११) (२) नापी पछि तायदाती दिंदा समेत विवादको जग्गाहरुमा वादीको समेत हक लाग्ने भनी देखाई तायदा…
(१) साधारण झगडा हुँदा आवेशमा आई हँसिया जस्तो हतियार प्रहार गरी मर्नेसम्मको अवस्था पार्ने अभियुक्तलाई कानुनको सो अ.बं.१८८ नं.को सुविधा दिन उचित नदेखिने । (प्रकरण नं. १९) (२) १४ वर्षको नाबालकले उमेर पुगेकोलाई ज्या.सं.महलको १३ नं. मा उल्लेख भएबमोजिम मार्नको लागि…
(१) वारदात घट्नुभन्दा अगाडिकै रिसइवीबाट मृतकहरुलाई चिरपट दाउराले हिर्काई सोही चोटबाट मृत्यु भएको भन्ने देखिन आएकोले आत्मरक्षा गर्दाकै कारणबाट मृतकहरुको मृत्यु भएको हो भन्ने जिकिर मनासिब नदेखिने । (प्रकरण नं. १५)
(१) घटनापूर्वक परपुरुषसँग श्रीमतीको अनुचित सम्बन्ध भएको कुराबाटै विवाद परी वारदात हुन गएको स्थितिमा प्रतिवादीलाई सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिँदा निजलाई मुलुकी ऐन अ.बं.१८८ नं.बमोजिम दश वर्ष कैद हुने । (प्रकरण नं. १५)
(१) शंकाको भरमा मात्र ज्यान जस्तो अपराधमा अपराधी ठहर्याई सजायँ गर्न नमिल्ने । (प्रकण नं. ३१) (२) ज्यानसम्बन्धीको १४ नं. उसै मौकामा उठेको कुनै रीस थाम्न नसकी प्रहार गर्दा ज्यान मर्न गएको अवस्थामा मात्र लागू हुने । (प्रकरण नं. ३२)
(१) गुठी संस्थान ऐन, २०२९ प्रारम्भ भइसकेपछि त्यस्तो छुटगुठी राजगुठीमा परिणत हुने व्यवस्था अनुरुप राजगुठीमा परिणत भई छुटगुठीका गुठीयार खान्गिदारको सवै हक अधिकार समाप्त हुने कानुनी व्यवस्था भइरहेकोमा त्यस्तो अवस्थामा छुटगुठी निजीगुठीमा परिणत भएको भन्न नमिल्ने ।…
(१) मुलुकी ऐन रजिष्ट्रेशनको १ नं.बमोजिम मानो जोडिएको लिखत पास हुनुपर्ने ९:बलमबतयचथ० व्यवस्था गरेको पाइने । (प्रकरण नं. १८) (२) अंशबण्डा पास भएकोमा रजिष्ट्रेशनको १ नं.अनुसार मानो जोडिएको कागज पास नभएसम्म सगोलमा रहेको भन्न नमिल्ने हुँदा अंशबण्डा पास भइसकेपछि कुन…
(१) आफूले पाउनु पर्ने सुविधा लिइसकेको कुरालाई निवेदनमा उल्लेख नगरी गुपचुप राखी आउनुले अदालतमा प्रवेश गर्दा सफा हात लिई आउनु पर्ने सर्वमान्य सिद्धान्तलाई उल्लंघन गरेको देखिने । (प्रकरण नं. ८) (२) २०४२।५।१ मा आफूले अवकास पाएको कुरामा सो कुरालाई बदर गराउन निवेदक…
(१) तत्काल प्रचलित न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ (५) अनुसार क्षेत्रीय अदालतले पुनरावेदन हेरेको भ्रष्टाचार मुद्दामा दोश्रो तहको पुनरावेदन सर्वोच्च अदालतमा लाग्ने व्यवस्था भएकोमा पछि आएको कानुन व्यवस्थाले लाग्नै नसक्ने पुनरावेदन दर्ता गरेको देखिँदा त्यस…
(१) आयकर नियमावली, २०३९ को उपनियम (१) मा ऐनको दफा ३७ को उपदफा (३) को खण्ड (घ) बमोजिम कर कार्यालयले लिलाम बिक्री गर्दा अचल सम्पत्तिका हकमा ३५ दिन र चल सम्पत्तिका हकमा १५ दिनको म्याद टाँसी यथासम्भव स्थानीय पत्र–पत्रिकामा समेत सूचना प्रकाशित गरी स्थानीय प्रशासनका…
(१) समान व्यक्तिहरुलाई असमान बनाई कानुनको प्रयोग गर्नु असमानता हुने । (प्रकरण नं. १०) (२) निजामती सेवामा विशेषज्ञीकरण गराउने नीति अनुरुप नेपाली भाषा राष्ट्र भाषा भएको, संस्कृत धेरै भाषाको मूल भाषा भएको र अंग्रेजी अन्तर्राष्ट्रिय भाषा भएबाट मात्र ती भाषाको स्ना…
(१) चोरी पैठारी गरेको भन्ने मुद्दा भन्सार ऐन, ०१९ को दफा ३४.८(क) अनुसार सजायँ हुने मुद्दा शुरु कारवाही किनारा गर्न भंसार कार्यालयलाई र सो उपर पुनरावेदन सुन्ने राजश्व न्यायाधिकरणलाई कानुनद्वारा अधिकार दिएकै देखिने । (प्रकरण नं. १०)
(१) स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३)(ख) अनुसार केवल कुनै वस्तु वा सम्पत्तिको मालिक वा व्यवसाय प्रमुखलाई सो वस्तु वा सम्पत्ति सो ठाउँबाट हटाउन वा सो ठाउँमा कुनै काम गर्न निषेध गर्ने सम्बन्धमा मात्र प्र.जि.अ.ले आदेश दिन सक्ने । (प्रकरण नं. ९) (२) विवादको निर…
(१) ज्यान लिने मनसाय इविलाग नभई कसैले आफूले गरेको कर्तव्यले मानिस मर्ला जस्तो नदेखिएको कुनै काम कुरा गर्दा त्यसद्वारा केही भई कुनै मानिस मर्न गए भवितव्य ठहर्ने । (प्रकरण नं. ३१) (२) तत्काल उठेको रिसबाट मार्ने सम्मको काम कारवाई गरेको भन्ने समेत देखिन नआएको, केव…
(१) आफ्नो जिवन साथीका रुपमा घरमा बसी आफ्नो सेवा गरेकी कलकलाउँदो युवतित्व अवस्थाकी अर्धाङ्गीनी श्रीमती माथि अन्य साथी समेतको सहारा लिई हात समाउन लगाई पाता कसी तेजाब हाली जिवित शरिरमा आगो सल्काई दिने जस्तो जधन्य हिंसा गर्ने व्यक्तिहरुमध्ये मुख्य अपराधीलाई ज्यानस…
(१) अंशबण्डाको १ नं.अनुसार जियजीयै बण्डा लाग्ने । पारित बण्डाबाट वादीको हकै मेटिने देखिएकोले वादी दावी बमोजिम बण्डापत्र जालसाजी ठहराई गरेको निर्णय मनासिब देखिने । (प्रकरण नं. १३)
(१) सावितीलाई पारस्परिक सहअभियुक्तको भनाई तथा घर धनीको बयान तथा घटनास्थलको रगत लागेको माटो तथा सरजमिनको बकाई समेतका आधार प्रमाणबाट प्रत्यवादीलाई शूरुले ज्यानसम्बन्धीको १३(३) बमोजिम सजायँ गर्ने गरेको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. ३७) (२) जनाना जातीलाई सत्य…