(१) भ्र.नि.ऐन, २०१७ को दफा १३(१) मा कैद वा जरिवाना वा दुवै गर्न सक्ने व्यवस्था अनुसार शुरुको फैसलामा अभियोग लागेकोलाई कैदको सजायँ मात्र गरी जरिवाना गरेको नदेखिएकोले बिगोलाई जरिवाना भनी पुनरावेदन गरेवापत अ.बं. २०३ नं. बमोजिम थप जरिवाना गरेको कानून अनुरुप नभएको…
(१) स्पष्टीकरण माग गरी, पेश भएको स्पष्टीकरण छानबीन गरी सजायँ दिन पाउने अधिकार प्राप्त अधिकारीले अभियोगमा सफाईको मौका दिई तोकिएको कार्यविधि पूरा गरी नियम कानूनको परिधिभित्र रही बर्खास्त गर्नु पर्ने पर्याप्त कारण उल्लेख गरी पदबाट बर्खास्त गर्ने गरेको निर्णय र त्…
(१) बैठकमा भाग लिन दिनु भनी आदेश भए बमोजिम निवेदकलाई बैठकमा उपस्थित नगराएको र सो उपर अपहेलनाको सजायँ गरिपाउँ भन्ने अदालतमा निवेदन परी विपक्षी जि.पं. सभापति समेतबाट लिखित जवाफ नदिई अदालतको आदेशको अपहेलना गरी बसेकोले निज जि.पं. सभापतिले अदालतको अपहेलना गरेको ठहर…
(१) नजरबन्दमा राख्नुपर्ने कारण र अवस्था बेगर पूर्वाधारका अभावमा एकपछि अर्को गरी पटक पटक नजरबन्दमा राख्ने गरेको कारवाही दुराशयपूर्ण भन्न पर्ने स्थिति भएकोले विपक्षीहरुको यस्तो दुराशयपूर्ण कारवाही तथा आदेशद्वारा रिट निवेदकको वैयक्तिक स्वतन्त्रता जस्तो संवेदनशील…
(१) विनियममा भएको व्यवस्था अनुसार दोश्रो पटक पनि आवश्यक टेण्डर दाखिल नभएपछि उपकुलपतिको स्वीकृति लिई कार्यालय प्रमुखले विनियममा भएको व्यवस्थानुसार गर्न पर्नेमा सो नगरी टेण्डर दाखिल गर्ने २ जना मध्ये विपक्षीलाई टेण्डर बमोजिम ठेक्का दिलाउने गरेको विपक्षी क्याम्पस…
(१) जुन व्यक्तिले सजायँ गर्न पाउने अख्तियारी पाएको हुन्छ उसैले मात्र स्पष्टीकरण माग गरेको हुन पर्दछ, अधिकारै नभएका व्यक्तिले मागेको स्पष्टीकरणलाई कानुनी मान्यतायुक्त भन्न नमिल्ने । (प्रकरण नं. ९) (२) बर्खास्त गर्ने गरी निलम्बन भएको मितिबाट नै लागू हुने गरी निर…
(१) असाधारण विदाको दिन कट्टा हुँदा नोकरी २० वर्ष पूरा नभएको स्थितिमा अवकाश दिएको, राष्ट्रिय वाणिज्य बैंक नियम ३४(३) र नियम ४१(क) को विपरीत देखिन आएकोले विपक्षी सञ्चालक समितिको निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ९)
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २१ मा दफा १५ बमोजिम प्राप्त भएको जग्गालाई भूमिसुधार अधिकारीले तोकिए बमोजिम बिक्री वितरण गर्नेछ भन्ने उल्लेख भएबाट प्राप्त गरेको जग्गामात्र बिक्री वितरण गर्न सकिने । प्राप्त नगरेको जग्गालाई बिक्री वितरण गरेको भूमिसुधार कार्यालयक…
(१) हक बेहक सम्बन्धमा अदालतबाट निर्णय गराउनु पर्ने । (प्रकरण नं. ९) (२) हक बेहक हुने गरी पत्र लेख्ने अधिकार नगर पञ्चायतलाई भएको नपाइने । (प्रकरण नं. ९)
(१) विकेन्द्रीकरण ऐन, २०३९ को दफा २१ को उपदफा (१) मा उपदफा (२) को अधीनमा रही जिल्ला पञ्चायतले चन्दा उठाउन सक्ने, तर त्यस्तो चन्दा करको रुपमा उठाउन नपाइने । (प्रकरण नं. ९) (२) निश्चित दर तोकी करको रुपमा उठाइएकोलाई विकेन्द्रीकरण ऐन, २०३९ को दफा २१ को उपदफा (१) र…
(१) जग्गाधनीको वारिसनामा बेगर दामकाम गर्ने व्यक्तिलाई जग्गा राख्ने र छाड्ने सम्बन्धमा गराएको बयानलाई कानून अनुरुपको भन्न नमिल्ने । (प्रकरण नं. ११) (२) जग्गा धनीबाट हदबन्दीको छाड्ने जग्गा यकीन नगराई वारिशनामा बेगरको व्यक्तिको बयानको आधारबाट राख्ने र छाड्ने जग्ग…
(१) गाउँ पञ्चायत ऐन, २०१८ को दफा ४१(१) अनुसार जतिसुकै बिगो दण्ड वा कैद हुने भए पनि गा.पं. को आफ्नो क्षेत्र भित्रका साँध सीमाना कुलो पानी वा सन्धीसर्पन समेत तोकिएका मुद्दाहरुको शुरु कारवाही र किनारा गर्ने अधिकार श्री ५ को सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित…
(१) ऐन प्रारम्भ हुनु भन्दा अघि पुनरावेदन परेको र त्यस्तो पुनरावेदन अनेत्र सर्ने व्यवस्था गरेको पाइँदैन, न्याय प्रशासन सुधार ऐन (चौथो संशोधन) सहितको दफा १३ ले त्यस्तो परी राखेको निर्णय हुन बाँकी पुनरावेदन हेरी निर्णय गर्न पाउने अधिकार प्रत्यर्थी जिल्ला पञ्चायत…
(१) औषधि व्यवस्था र औषधि प्रशोधन कारखाना स्वयंमा सर्वसाधारण जनताको हितसँग सम्बन्धित हुनुको साथै श्री ५ को सरकारको तर्फबाट हुने भवन निर्माण सम्बन्धी काम भएको हुँदा सार्वजनिक कार्यको लागि जग्गा प्राप्त गरिएको होइन भनी भन्न नमिल्ने । (प्रकरण नं. १०) (२) श्री ५ को…
(१) आफूले खरीद गरेको जग्गा भन्दा बढीमा दावी गर्न नपाउने । (प्रकरण नं. १६) (२) राजीनामामा उल्लेख भए बमोजिम क्षेत्रफल भएको जग्गाको वादी प्रतिवादी दुवैले जग्गाधनी प्रमाणपूर्जा समेत प्राप्त गरी सकेको स्थितिमा वादी दावी बमोजिम दोहोरा पारी लिखत गरेको भन्न सकिने अवस्…
(१) मुद्दा परी कारवाही चली रहेको अवस्थामा कूत कबूलियत गरे गराएको देखिँदा पहिले देखिकै जोत्ने मोही हो भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १०) (२) मुद्दा पर्दा पर्दैका अवस्थामा गराई लिएको कबूलियतकै आधारमा मात्र मोही मान्न नमिल्ने । (प्रकरण नं. १०)
(१) रसीदलाई वादीले जालसाजी भनी बयान गरेकोमा शुरु जिल्ला अदालतबाट रसीद सद्दे ठहर गरेकोमा वादीले पुनरावेदन नगरी रसीद सद्दे कायम रही फैसला अन्तिम भई राखेको पाइन्छ, यसबाट विवादित जग्गा वादीको हक लाग्ने भन्न नमिल्ने । (प्रकरण नं. २०)
(१) झगडा परेको जग्गा वादीको राजीनामा किल्लाभित्रको भए पुरानो ढुंगाले पर्खाल लगाउँदा र निलकांडाले बार लगाउँदा पर्खाल र निलकांडाको बारदेखि बाहिर पारी त्यसै छाडेको होला भनी सम्झन नमिल्ने । (प्रकरण नं. १३)
(१) रिट क्षेत्रबाट निर्णय गरिंदा रिट निवेदन खारेजी वा रिट जारी गर्न सार्थक छ छैन भनी मुख्य विचार गरिनु पर्ने । (प्रकरण नं. १५) (२) श्री ५ को सरकारले सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गरी पदस्थापन गरी नि.से.नि., २०२१ को नियम ७.१(३) प्रयोग गरी अनिवार्य अवकाश दि…
(१) हक कायम भइसकेको जग्गामा प्रधानपञ्चले नक्शामा हेरफेर गरी नक्शापास पुर्जी गरिदिएकोमा जि.पं.ले जिल्ला पञ्चायत ऐन, २०१९ को दफा ४५(क) खारेज भएकोले कारवाही गर्न नमिल्ने भनी जानकारी दिएको सम्बन्धमा जिल्ला पञ्चायत ऐनको दफा ४५(क) गाउँ पञ्चायतको सन्दर्भलाई मात्र भएक…
(१) कुनै कर्मचारी श्रावण १ गतेपछि आषाढ मसान्तभित्र नियुक्ति भएमा निजको कार्य सम्पादन मूल्यांकन फाराम भर्दा यदि निज श्रावण १ गतेपछि नियुक्ति भई पूरा अवधि काम नगरेकोबाट निजलाई पाउने भन्दा कम नम्बर दिनुपर्ने भएमा सो भर्ने अधिकारीले सो कुरामा विचार राखी अंक प्रदान…
(१) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २७(१) मा भएको व्यवस्थाबाट कुनै जग्गावालाले घरबासको लागि मोहीले कमाएको जग्गा झिक्न पाउँ भनी निवेदन दिएमा जग्गा झिक्न पाउने गरी स्थानीय पञ्चायतले गाउँ पञ्चायतको इलाकामा आधा विगहासम्म र नगर पञ्चायतमा ४ कठ्ठासम्म भन्ने व्यवस्था गरे…