नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3524 · वि.सं. २०४५
नि.नं. 3524 — अदालतको अपहेलना
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) बैठकमा भाग लिन दिनु भनी आदेश भए बमोजिम निवेदकलाई बैठकमा उपस्थित नगराएको र सो उपर अपहेलनाको सजायँ गरिपाउँ भन्ने अदालतमा निवेदन परी विपक्षी जि.पं. सभापति समेतबाट लिखित जवाफ नदिई अदालतको आदेशको अपहेलना गरी बसेकोले निज जि.पं. सभापतिले अदालतको अपहेलना गरेको ठहर्ने । (प्रकरण नं. ८) (२) जि.पं. सचिवले आफूले अदालतको अपहेलना नगरेको र कथंकदाचित त्यस्तो महसूस हुन गएमा क्षमायाचना गर्दछु भनी लिखित जवाफ पेश गरेबाट निजलाई यस अदालतको अपहेलनामा सजायँ गर्न नपर्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3524 |
|---|---|
| मुद्दाको विषय | अदालतको अपहेलना |
| निर्णय वर्ष / मिति | 2045/05/01 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3524 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
