(१) साविक मोही परलोक भएपछि निज स्वास्नी छोराहरुले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) अन्तर्गत मोही नामसारी गरिपाउँ भनी निवेदन उजूरी दिएपछि उक्त कानूनको प्रकृया अपनाई कारवाही गर्नुपर्ने अनिवार्य देखिने । (प्रकरण नं. १०)
(१) बकसपत्र दिनेको मृत्यु भएपछि निजले गरिदिएको शेषपछिको बकसपत्रको नाताले निजको हक बकस पाउनेमा सर्ने र निज बकस दिनेको अंश भागमा बकस पाउनेको हक स्थापित हुने । (प्रकरण नं. ९) (२) मुद्दा चल्दाचल्दै बकस दिनेको मृत्यु भएकोमा निजले गरिदिएको शेषपछिको बकसपत्र बमोजिम नि…
(१) कुनै व्यक्तिको हक हित विरुद्ध निर्णय गर्दा त्यस्तो फैसला गर्नु पूर्व सो सम्बन्धमा आफ्नो सफाईको लागि सबूद पेश गर्न मौका दिनु प्राकृतिक न्यायको सिद्धान्त हो । प्राकृतिक न्याय सिद्धान्त विपरीतको फैसला बदरयोग्य हुने । (प्रकरण नं. १०)
(१) रजिष्ट्रेशन पारित नभएको घरसारको लिखतबाट अचल सम्पत्ति जग्गाको हक स्वामित्व हस्तान्तरण हुन नसक्ने । (प्रकरण नं. १६) (२) रजिष्ट्रेशन पारित नभएको छोडपत्रको लिखतको आधारमा विवादको जग्गाको दर्ता कायम हुने ठहर्याएको फैसला कानुनी त्रुटिपूर्ण हुँदा बदर भई उल्टी हुन…
(१) भ्रष्टचार निवारण ऐन, २०१७ को (तत्काल प्रचलित) दफा २१ हेर्दा दफा २० को उपदफा (१) र (२) अन्तर्गत विभागीय सजायँको आदेश पाएको राष्ट्रसेवकले निजउपर दफा २४ अनुसार मुद्दा चलाइएकोमा सो मुद्दा हेर्ने अदालतबाट मुद्दाको किनारा भएको मितिले र मुद्दा नचलाइएकोमा विभागीय…
(१) निर्धारित आय करको सम्बन्धमा रिट निवेदकलाई सूचना दिंदा कुन कुन शीर्षकमा के कति रकम खुलाइएको छ सो को हिसाब समेत त्यस्तो सूचनामा खुलाइएको हुनु पर्ने । (प्रकरण नं. ८) (२) सूचना दिंदा ऐनको दफासम्म उल्लेख गर्दा ऐनको मनसाय पूरा हुँदैन । ऐनको मनसाय कुन कुन शीर्षकम…
(१) श्री जानकी विवाह मण्डपमा प्रवेश गर्न प्रवेश द्वारमा रु.–।५० लिई मात्र प्रवेश गर्न दिने गरेकोले सो नियमलाई रद्द गरिपाउँ भन्ने समेतको माग भएकोमा जनकपुरधाममा निर्मित विवाह मण्डप मठ मन्दिर वा धार्मिक पूजास्थल नभई राम र जानकीको शुभ–विवाह सम्पन्न हुँदा तथा कथा प…
(१) लेनदेन सम्बन्धी कुराको निवेदन लिने र गा.पं.मा मिलापत्र गरी आउनेछु भन्ने कागज गराउने अधिकार जिल्ला कार्यालयलाई र लेनदेन विषयको कपाली तमसुक गराउने अधिकार गाउँ पञ्चायतलाई भएको नदेखिने । (प्रकरण नं. १३)
(१) निर्वाचनमा उम्मेदवार हुने हकलाई कानुनी हक मानिने । (प्रकरण नं. ११) (२) तोकिएको म्यादभित्र तोकिएको अधिकारी समक्ष उजुर गरी आफ्नो कानुनी हक प्रचलन गराउने बैकल्पिक कानुनी उपचार विद्यमान हुँदाहुँदै सो मार्ग अवलम्बन नगरीकन रिट निवेदन दिन आएकोले निवेदकको माग बमोज…
(१) पूर्वयोजना गरी मारेको भन्ने देखिँदैन, जाहेरीबाट अभियुक्तको मनस्थिति स्थिर नभएको भन्ने पनि देखिने, यस स्थितिमा अपराधको अवस्थाबाट समेत प्रतिवादीलाई ज्यानसम्बन्धीको १३(३) नं.अन्तर्गत सजायँ गर्दा चर्को पर्ने देखिएबाट निज अभियुक्तलाई अ.बं.१८८ नं.ले कैद वर्ष १०…
(१) बुहारीसँग अनुचित सम्बन्धबाट करणी लिनुदिनु भई त्यसबाट गर्भ रही जन्मेको जातक बच्चालाई लोकापवादबाट बाच्नको लागि घाँटी थिची मारेको भन्ने देखिन आएकोमा ज्यानसम्बन्धीको १३(३) अनुसार सर्वश्वसहित जन्मकैद गर्दा चर्को पर्ने देखिँदा निजलाई अ.बं.१८८ नं.ले कैद बर्ष १० ह…
(१) सम्बन्धित अधिकारीले कारण जनाई तलब बृद्धि रोक्का नगरेसम्म वा विभागीय कारवाही नगरी कुनै निजामती कर्मचारीको तलब बृद्धि घटाउन वा रोक्का गर्न नमिल्ने । (प्रकरण नं. १३) (२) रिट निवेदकले खाइपाई आएको ग्रेड रकममा कुनै परिवर्तन नगरी त्यसलाई जस्ताको त्यस्तै राखी खाली…
(१) जेठो लिखतका धनी विपक्षीले आफ्नो अदालतमा मुद्दा परिरहेकै लिखतको जग्गा नै पर्छ विपक्षीले सल्लाह गरी अर्को कानून बमोजिमको लिखत गराई तत्काल कानून बमोजिम सम्बन्धित अड्डामा गई पास गराई लिई आफ्नो अघि परेको सोही जग्गाको लिखत पास गराई पाउँ भन्ने मुद्दा डिसमिस गराएक…
(१) छुट्टिई भिन्न भइसकेको कुरा लिखित रुपले स्वीकार गरिसकेकोमा अब आएर आफू एकासगोलको भनी भन्न प्रमाण ऐन, २०३१ को दफा ३४ ले विबन्धन लाग्ने । एकपटक स्वीकार गरिसकेको तथ्यलाई अस्वीकार गर्न नपाउने । (प्रकरण नं. २१) (१) एकासगोलमा संग नबसी छुट्टिई भिन्न भई बसेकाको मञ्ज…
(१) अंशबण्डाको २२ नं. बमोजिम जाहेर गर्नु भनी गएको म्यादको आधारमा जाहेरी दिएकोमा जाहेरी आएपछि वादीबाट आएको तायदातीमा यो यस्तो भनी ठहर गरी तायदाती कायम गरी भाग अंश छुट्याउने गर्नु पर्नेमा सो कारवाही ठहर भएको नदेखिएको सो गर्नु बेगर वादीबाट आएको तायदाती कायम मानी…
(१) आफूलाई खान लाउन नदिई निकाला गरेको भन्ने कुरा साँचो भए सोही मौका कानून बमोजिम अंश वा खाना खर्चमा दावी गरी मुद्दा गर्नु पर्ने । (प्रकरण नं. १७) (२) लोग्नेको मञ्जूरीले नै माइतमा राखेको भन्न सकिने अवस्था नरही २ बीच मनोमालिन्य रहेको समेत देखिन आएको स्थितिमा दाव…
(१) विवादित जग्गाहरु दर्ता भई सकेको तथा दर्ता गर्ने निर्णय भई सकेको नदेखिई कारवाहीको सिलसिलामा भएको लेखापढी सम्म देखिन आएकोले सो पत्रहरुको आधारमा विवादका जग्गाहरुमा पुनरावेदकहरुको हक कायम भई सकेको भन्न नमिल्ने । (प्रकरण नं. २३) (२) कानूनको रीत नपुर्याई आफूले…
(१) संग बसेका अंशियारले सगोलको सम्पत्तिबाट आर्जेको सम्पत्ति बाहेक कुनै अंशियारले आफ्नो शीप ज्ञान प्रयासबाट निजी आर्जन गरेकोमा निजी ठहर्ने । (प्रकरण नं. १२) (२) लेनदेनको १० नं. मा सगोलको अचल सम्पत्ति कुनै किसिमले वेचबिखन वा हक छाडी दिँदा उमेर पुगेका सबै अंशियार…
(१) अस्पतालको जाँच प्रतिवेदनबाट प्रतिवादीको होस ठेगाना नभई मानसिक सन्तुलन ठीक नभएको भन्ने उल्लेख गरेको, निज प्रतिवादीका बाबु प्रहरीमा कागज गर्दा छोरा बौलाएको भन्ने कागज गरिदिएको र सोही व्यहोरा अधिकांश सरजमीनका मानिसहरुले समेत लेखी अदालतमा आई बकपत्र समेत गरिदिए…
(१) सम्बन्धित व्यक्तिलाई नबुझी एकतर्फी निर्णय गर्नु प्राकृतिक न्याय सिद्धान्त विपरीत देखिने । (प्रकरण नं. १३) (२) भन्सार ऐन, २०१९ को दफा १३(३) बमोजिम पूर्व रेकर्ड अनुसार वा ऐ. ऐनको दफा १३(५) बमोजिम अनुमानित मूल्य कायम गरी मूल्य निर्धारण हुन सक्ने नै देखिँदा सो…
(१) अदालतमा आई इन्कार रहे तापनि परिस्थितिजन्य प्रमाण इन्कारी विरुद्ध रहेको देखिँदा प्रहरी प्रतिवेदन माग दावी बमोजिम ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्मकैद हुने । (प्रकरण नं. ४०) (२) ज्यान मार्ने मतलवी सम्म भएको देखिएकोलाई ज्यानसम्बन्धीको १७(३) नं. बमोजिम ६ म…
(१) नावालिगको सम्पत्ति संरक्षणका लागि रोक्का रहेको जग्गा पास गरी लिएको हुँदा सो पास बदर गराउनका लागि कानून बमोजिम अदालतमा जानु पर्नेमा सो नगरी रिट क्षेत्र मार्फत आएकोमा रिट क्षेत्रबाट हेर्न नमिल्ने । (प्रकरण नं. ९) (२) मालपोत कार्यालयमा आफूहरु स्वयंले नै स्वेच…