नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3550 · वि.सं. २०४५

नि.नं. 3550 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) बकसपत्र दिनेको मृत्यु भएपछि निजले गरिदिएको शेषपछिको बकसपत्रको नाताले निजको हक बकस पाउनेमा सर्ने र निज बकस दिनेको अंश भागमा बकस पाउनेको हक स्थापित हुने । (प्रकरण नं. ९) (२) मुद्दा चल्दाचल्दै बकस दिनेको मृत्यु भएकोमा निजले गरिदिएको शेषपछिको बकसपत्र बमोजिम निजको अंश भागको दैयादार बकस पाउने मानिने । (प्रकरण नं. ९) (३) बकसपत्र विवादास्पद स्थितिमा रहेको अवस्थामा मुद्दा सकार गर्न नपाउने भन्ने आधारमा मुद्दा खारेज गर्ने गरेको मिलेको नदेखिने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3550
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2045/06/17
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3550
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्