नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3532 · वि.सं. २०४५

नि.नं. 3532 — बकसपत्र बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) संग बसेका अंशियारले सगोलको सम्पत्तिबाट आर्जेको सम्पत्ति बाहेक कुनै अंशियारले आफ्नो शीप ज्ञान प्रयासबाट निजी आर्जन गरेकोमा निजी ठहर्ने । (प्रकरण नं. १२) (२) लेनदेनको १० नं. मा सगोलको अचल सम्पत्ति कुनै किसिमले वेचबिखन वा हक छाडी दिँदा उमेर पुगेका सबै अंशियारको मञ्जूरी लिन पर्ने, नलिएमा उजूर गर्ने जतिको हक बदर गर्ने तर आफ्नो निजी आर्जनको भए मन्जूरी लिन नपर्ने व्यवस्था गरेकोबाट सगोलमा रहेको व्यक्तिहरुले आर्जेको सम्पत्ति सामान्यतया सगोलको मानिने । (प्रकरण नं. १२) (३) अनुमान गर्न पर्ने कुराको अपवाद स्वरुप प्रतिवादीले दावी गर्छ भने सो अपवादको कुरा सिद्ध गर्ने भार प्रतिवादीको हुने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3532
मुद्दाको विषयबकसपत्र बदर
निर्णय वर्ष / मिति2045/03/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3532
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्