नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3533 · वि.सं. २०४५
नि.नं. 3533 — वनक्षेत्र भित्र घर बनाई आवाद गरे
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) विवादित जग्गाहरु दर्ता भई सकेको तथा दर्ता गर्ने निर्णय भई सकेको नदेखिई कारवाहीको सिलसिलामा भएको लेखापढी सम्म देखिन आएकोले सो पत्रहरुको आधारमा विवादका जग्गाहरुमा पुनरावेदकहरुको हक कायम भई सकेको भन्न नमिल्ने । (प्रकरण नं. २३) (२) कानूनको रीत नपुर्याई आफूले बसोबास गरी आएको जग्गा वनक्षेत्र कायम गराई उठाई पठाएको भए मौकैमा कानून बमोजिम उजूर दिई बदर गराउन सक्नु पर्ने । (प्रकरण नं. २३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3533 |
|---|---|
| मुद्दाको विषय | वनक्षेत्र भित्र घर बनाई आवाद गरे |
| निर्णय वर्ष / मिति | 2045/04/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3533 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
