(१) दाम्पत्य सम्बन्ध विच्छेद गरी पाउँ भनी पर्न आएको विषयमा निवेदन लिई सम्बन्ध कायम राख्ने सम्बन्धमा आवश्यक कारवाही गर्ने सम्मको अधिकार गा.पं.लाई रहेको देखिने तर सम्बन्ध विच्छेद गराई दिने अधिकार गा.पं.लाई भएको भन्ने कानूनी व्यवस्था रहेको नपाइने । (प्रकरण नं. ७)…
(१) अधिकारप्राप्त निर्वाचन विशेष अदालतले दुवैपक्षको रोहवरमा मतगन्ती समेत गरी तथ्यको निरोपण गरिसकेकोलाई अन्यथा भन्न मिल्ने स्थिति नहुँदा मैले बढी मत पाएकोले मलाई निर्वाचित घोषित गरिनु पर्ने भन्ने निवेदकको जिकिर नमिल्ने । (प्रकरण नं. ११)
(१) प्रहरी र अदालतमा समेत घटनाको विवरण उल्लेख गरी वारदातमा प्रयोग गरेको खुकुरीलाई समेत सनाखत गरी सावित भई बयान गरेकोबाट अभियुक्तको मगज बिग्रेको भन्न सकिने अवस्था नभएको । (प्रकरण नं. १४)
(१) विधुवा स्त्रीले अर्काको गर्भ बोकी जन्मेको बच्चालाई लोकापवाद र लाजगालबाट बच्न सकिन्छ कि भन्ने अभिप्रायले सम्म जन्मेको बच्चालाई मारेको भन्ने देखिएकोमा सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा अभियुक्तलाई घटी सजायको लागि राय लगाएको मनासिब देखिँदा…
(१) निर्णयमा प्रहरी नियमावली, ०३३ को नियम ९.१(छ) अनुसार भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य ठहरिने गरी नोकरीबाट बर्खास्त गरिएको नभई नियम ९.१(च) बमोजिम भविष्यमा सरकारी नोकरीको लागि सामान्यतः अयोग्य नठहरिने गरी नोकरीबाट हटाइएको देखिँदा निर्णयमा बर्खास्त भन्ने…
(१) तेरो मेरो परी हक बेहकको प्रश्न उपस्थित भएकोमा अदालतबाट हक बेहक गराई आउनु भनी सुनाउनु पर्ने । (प्रकरण नं. १५) (२) तेरो मेरो परी हक बेहकको प्रश्न उपस्थित भएकोमा निर्णय गर्ने अधिकार मालपोत कार्यालयलाई नभएको । (प्रकरण नं. १५)
(१) बण्डापत्र पढी सुनाई यस्को मजबून समेत सम्झाई बुझाई आफू स्वयंले सहिछाप गरी अडडबाट पारित समेत गराएको बण्डापत्रको लिखतलाई कीर्ते भन्न नमिल्ने । (प्रकरण नं. २५)
(१) लिखतको हरफलाई नछोई कारणीले सही गरेकोलाई कानूनले स्पष्ट रुपबाट गैरकानूनी भन्न सकिने व्यवस्था गरेको नदेखिए पनि त्यस्तो लिखत व्यवहारमा प्रचलनमा रहेको नदेखिएकोले यस्तो सहीलाई शुद्ध लिखतमा परेको सही भन्न सकिने अवस्था देखिन नआउने । (प्रकरण नं. १६) (२) वारेसनामाक…
(१) कानूनले पारित हुनु पर्ने लिखत पारित भएको छैन भने त्यसबाट कसैको हकको स्रोत हुन नसक्ने । (प्रकरण नं. १६) (२) हक पक्का भएको जग्गा कानून बमोजिम हक हस्तान्तरण गरी गराई जग्गा प्राप्त नगरेको अवस्थामा अरु विभिन्न कृयाकलापबाट जग्गामा हक प्राप्त भयो भन्न नमिल्ने । (…
(१) दावीको सबै कुरामा ठहर नगरी आंशिक रुपमा ठहर गरेकै आधारमा सो लिखतलाई सद्दे कायम गरी सो लिखतबाट भरी पाउने ठहर्याएको मुलुकी ऐन, अ.बं.८४(क) नं. विपरीत देखिन आएकोले शुरु र क्षे.अ.को इन्साफ बदर हुने । दावीका सबै कुरामा कानून बमोजिम जो बुझ्नु पर्ने बुझी ठहर गर्नु…
(१) आफूलाई लगाइएको अपराध गरेकोमा इन्कार रही आफू देखाइएको वारदातमा गाउँघरमै नभई बर्दियामा नोकरी गरी बसेको भनी देखाई बयान गरेकोमा निजका साक्षीहरुले निजको सो इन्कारी बयान समर्थित हुने गरी बयान गरेको देखिन आएकोले शंकारहित तवरबाट प्रतिवादीले वादी दावी बमोजिम अपराध…
(१) मिलापत्रको कुराहरुमा प्रहरी ऐन नियमले प्रहरीलाई कागज गराउने र जिल्ला कार्यालयले समेत मिलापत्र गराउन लेखी पठाउने अधिकारक्षेत्र भित्रको नदेखिएकोले विपक्षी प्रहरी समेतले अड्डाको काम कारवाहीको सिलसिलामा प्रहरी ऐन नियम भित्र रही काम कारवाही गरेको भन्न नमिल्ने ।…
(१) नाता सम्बन्धको विवाद उत्पन्न भएपछि त्यस्तो विवाद भएको मुद्दामा जिल्ला अदालतबाट फैसला हुँदा तत्काल प्रचलित न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३(१)(ख) ले जिल्ला अदालतको फैसला उपर क्षेत्रीय अदालतमा पुनरावेदन लाग्ने व्यवस्था भएकोबाट शुरु जि.अ.ले फैसलाको तपसी…
(१) निर्वाचन अपराध तथा सजायँ ऐन, २०२४ को दफा १४(२) अन्तर्गत उजूरी दिएकोमा निर्वाचन विशेष अदालतले सो उजूरीमा कारवाही गरी मतगणना सम्बन्धित कागजातहरु आफैं हेरी कानून बमोजिम ठहर गरेको देखिन आएकोले निर्वाचन विशेष अदालतका न्यायाधीशलाई दोहोरो मतगणना गर्ने अधिकारै नभए…
(१) जुन फैसलाको आधारमा वादीको चलन चलाउने कारवाही चलाइएको छ सो फैसलाबाट निवेदकको हक हनन् भएको भए सो फैसलामा कानून बमोजिम उजूर गर्नु पर्ने सो गरेको समेत निवेदन लेखाईबाट नदेखिएकोले यो निवेदनबाट माग बमोजिम आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ८)
(१) बण्डा गर्नुपर्ने आफ्नो जानकारीमा रहेको जग्गाहरु आफूले दिएको तायदातीमा देखाउनु पर्ने । (प्रकरण नं. १५) (२) आफूले आफ्नो जानकारीमा रहेको सम्पत्तिको तायदाती नदिई मोहिहक लेखिएको जग्गा कानुनी व्यवस्था बमोजिम बण्डा नलाग्ने सम्झी सोही व्यहोरा देखाई दिएको तायदातीमा…
(१) आर्थिक सहायता दिने भनी गरिएको गा.पं.को निर्णयउपर अञ्चलाधीश समक्ष परेको निवेदनमा गा.पं.लाई अधिकार नभएको भनी गा.पं.को निर्णयलाई बदर गर्ने गरी अञ्चलाधीशबाट निर्णय पर्चा भएकोमा उक्त गा.पं.ले गरेको निर्णयउपर अञ्चलाधीशले निर्णय गर्न पाउने कानूनमा व्यवस्था भएको न…
(१) मिति २०४३।११।३ मा दिएको सूचना मिति २०४३।११।१० मा बुझेपछि मिति २०४४।६।२ मा मात्र रिट निवेदन दर्ता भएको देखिएबाट समयमा नै यस अदालतमा प्रवेश गरेको भन्न सकिएन, यसरी विलम्ब गरी रिट क्षेत्रमा प्रवेश गरेको उचित कारण समेत निवेदकबाट खुल्न नसकेको अवस्थामा मुद्दाको त…
(१) कुनै कर्मचारीलाई विभागीय कारवाही गर्दा विभागीय सजायको आदेश दिन पाउने अधिकारीको चित्तमा निजलाई सफाईको सबूद दिन मनासिब माफिकको मौका दिंदा अव्यवहारिक हुन्छ भन्ने लागेमा पर्चा खडा गरी त्यस्तो कर्मचारीलाई नोकरीबाट हटाउन वा बर्खास्त गर्न सक्नेछ भन्ने व्यवस्था भए…
(१) अंश मुद्दामा वादीले तारेख गुजारे पनि मुद्दा डिसमिस नगरी ठहरे बमोजिम गर्नुपर्ने । (प्रकरण नं. ११) (२) कानूनमा भए गरेको व्यवस्था अनुरुप वादीले तारेख गुजारे पनि अदालतले कानून बमोजिम ठहर फैसला गर्नुपर्ने । (प्रकरण नं. १२)
(१) पत्रिकाको प्रकाशनलाई निलम्बन गर्नसक्ने अधिकार नपाएको श्री ५ को सरकारले नियमित रुपमा प्रकाशित भइरहेको पत्रिकालाई सूचना विभागमा प्रकाशित अंकहरु नियमित रुपमा पठाइएन भन्दैमा प्रकाशन निलम्बन गर्न पाउने अधिकार स्वतः नै नरहने प्रष्ट भएको हुँदा श्री ५ को सरकारले न…
(१) निजामती सेवा नियमावली, २०२१ को नियम ३.३(६) तथा ३.३(७) को व्यवस्था एउटै समूहको लागि मात्र बनेको र एक समूहबाट अर्को समूहमा जान फर्म भर्नुपर्ने भएकोले दर्खास्त दिनुपर्ने । (प्रकरण नं. १२) (२) बढुवा समितिले सम्भाव्य उम्मेदवार नबनाएको भनी सूचना दिएकोमा सो समिति…
(१) तथ्यलाई लुकाई एवं भ्रमात्मक तवरले बंग्याई पेश गरिएको प्रस्तुत निवेदमा निवेदकले सफा हात लिई अदालतमा प्रवेश गरेको नदेखिएको र यस्तो कपटपूर्ण निवेदनमा अदालतबाट सहयोग गरिनु न्यायोचित समेत नहुँदा माग बमोजिमको आदेश दिनु कानूनसंगत नदेखिने । (प्रकरण नं. १०) (२) सर्…