नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3552 · वि.सं. २०४५
नि.नं. 3552 — उत्प्रेषण लगायतको आज्ञा, आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) तथ्यलाई लुकाई एवं भ्रमात्मक तवरले बंग्याई पेश गरिएको प्रस्तुत निवेदमा निवेदकले सफा हात लिई अदालतमा प्रवेश गरेको नदेखिएको र यस्तो कपटपूर्ण निवेदनमा अदालतबाट सहयोग गरिनु न्यायोचित समेत नहुँदा माग बमोजिमको आदेश दिनु कानूनसंगत नदेखिने । (प्रकरण नं. १०) (२) सर्वोच्च अदालतबाट कानून बमोजिम गर्नु भनी आदेश निर्णय आदेश भइसकेको कुरामा रिट क्षेत्रबाट हेरेको भनेर त्यस आदेशलाई उल्टाउने गरी हेर्ने संवैधानिक प्रक्रिया बमोजिम दोहराई हेर्ने वा आदेश गर्ने इत्यादी कुनै कुरा गर्न नमिल्ने । (प्रकरण नं. १०) (३) विशेष जाहेरी विभाग मार्फत कानून बमोजिम गर्नु भनी हुकुम प्रमाङ्गी भइसकेको कुरालाई तथ्यभित्र पसेर यस इजलासले हेर्न मिल्ने अवस्था नभएको । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3552 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायतको आज्ञा, आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2045/05/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3552 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
