नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3559 · वि.सं. २०४५
नि.नं. 3559 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) आर्थिक सहायता दिने भनी गरिएको गा.पं.को निर्णयउपर अञ्चलाधीश समक्ष परेको निवेदनमा गा.पं.लाई अधिकार नभएको भनी गा.पं.को निर्णयलाई बदर गर्ने गरी अञ्चलाधीशबाट निर्णय पर्चा भएकोमा उक्त गा.पं.ले गरेको निर्णयउपर अञ्चलाधीशले निर्णय गर्न पाउने कानूनमा व्यवस्था भएको नदेखिने । (प्रकरण नं. १४) (२) अञ्चलाधीशले गरेको निर्णय पर्चामा कुन कानून अन्तर्गत निर्णय पर्चा गरिएको सो प्रष्टरुपमा पर्चाबाट नदेखिएबाट क्षेत्राधिकार विहीन अञ्चलाधीशले गरेको निर्णय पर्चा कानून अनुरुप नहुँदा उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3559 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2045/06/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3559 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
