नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3568 · वि.सं. २०४५
नि.नं. 3568 — लिखत पारित
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) लिखतको हरफलाई नछोई कारणीले सही गरेकोलाई कानूनले स्पष्ट रुपबाट गैरकानूनी भन्न सकिने व्यवस्था गरेको नदेखिए पनि त्यस्तो लिखत व्यवहारमा प्रचलनमा रहेको नदेखिएकोले यस्तो सहीलाई शुद्ध लिखतमा परेको सही भन्न सकिने अवस्था देखिन नआउने । (प्रकरण नं. १६) (२) वारेसनामाको लिफा दिएको कारणबाट कारणीको सहीमा सही वा वारेस भन्ने परेकोबाट सो लिफामा राजीनामा खडा गर्दा सही परेको वारेस भन्ने शब्द मिल्न नआउने भएबाट सो वारेस भन्ने शब्दलाई दबाउन वार्ड ६ भनी लेखेको स्पष्ट देखिन आएकोले पास गरी पाउँ भनी दावी लिएको लिखत सत्य साँचो व्यहोराको नदेखिई लिफामा खडा गरेको देखिन आउने । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3568 |
|---|---|
| मुद्दाको विषय | लिखत पारित |
| निर्णय वर्ष / मिति | 2045/05/09 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3568 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
