कुनै पनि सम्पत्तिको हक भोगको स्वामित्व शून्य अवस्थामा रहँदैन । कुनै व्यक्तिको मृत्युपश्चात् निजको स्वामित्वमा रहेको सम्पत्ति त्यही मितिबाट हकवालामा सर्ने । शेषपछिको बकसपत्रमा अपुताली सम्बन्धमा कुनै कुरा उल्लेख नभए पनि अपुतालीमा हकवालाको हक हुने । (प्रकरण नं.४)
कानूनमा भएको संशोधित व्यवस्थाले कसुर कायम गर्ने कानूनी व्यवस्था खारेज गरिसकेको र उक्त कसुर सम्बन्धमा अन्य कुनै व्यवस्था नगरेको अवस्थामा कसुर हुँदाका बखत कायम रहेको साबिककै कानूनी व्यवस्थाका आधारमा प्रतिवादीलाई सजाय गर्नु सिद्धान्तत: नमिल्ने । (प्रकरण नं.७)
न्याय प्रशासन ऐन, २०४८ मा नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ३९ लाई संशोधन गरी सुरू अधिकारक्षेत्र जिल्ला अदालतलाई तोकिसकेकोले वस्तुतः नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ३९ को कानूनी व्यवस्था यथावत् रूपमा कायम रहेको मान्न नमिल्ने । अरू कानूनले संश…
प्रतिवादीले पीडितलाई दुई जिल्लाहरूमा लगी फरक फरक मिति र समयमा जबरजस्ती करणी गरेको भनी मुद्दा चलेकोमा दोहोरो खतराको सिद्धान्तका अवयवहरूलाई कुनै मुद्दासँग लगाव गरी हेर्दा दुवै जिल्लाहरूमा चलेको मुद्दा समान (same offence) भएको, प्रतिवादी (same offender) र पीडित ए…
सवारी दुर्घटना भई दुर्घटनाबाट मृत्यु भएका पीडित पक्षलाई क्रिया खर्च एवं क्षतिपूर्ति भराई पाउन दाबी लिई दायर भएको मुद्दामा फौजदारी मुद्दाकै सम्बन्धमा क्रिया खर्च र क्षतिपूर्तिसम्बन्धी मुद्दाबाट देवानी दायित्व वहन गराइने र उक्त दायित्व निर्धारण भएपश्चात् सो नति…
मनसायको अभावमा पूर्ण अपराध हुन सक्दैन । मनसायको मापन कसरी गर्ने भन्ने सम्बन्धमा घटना घटाउँदा अभियुक्तले कस्तो सोचबाट प्रेरित भई घटना घटाएको देखिन्छ, घटना घटाउँदा मृतकउपर अभियुक्तले गरेको कार्य र देखाएको आचरण कस्तो छ, मृतकलाई मार्नेमा के कस्तो चिज वस्तु प्रयोग…
कम्पनीले आफ्नो आधिकारिक ठेगाना जुन हो भनी उल्लेख गरेको हुन्छ, पत्राचार र सम्पर्कहरू सोही ठेगानाबाट गरिएको हुन्छ भन्ने अपेक्षा गरिने । कम्पनीले आफ्नो आधिकारिक इमेल आइडी भनेर कुनै एक आइडी उल्लेख गर्ने तर पत्राचार र सम्पर्क अर्को आइडीबाट गरिन्छ भने त्यसलाई कम्पन…
कसुर प्रमाणित गर्न वा कसुरबाट बच्न कसैले कसैलाई पोल गर्नु र सोका आधारमा अभियोग लगाउनु मात्र पर्याप्त नहुने । गरेको पोल र लगाएको अभियोग वस्तुनिष्ठ प्रमाणहरूबाट शङ्कारहित किसिमबाट पुष्टि हुनुपर्ने । प्रमाणहरू एक आपसमा बाझिएमा र आफैँमा शंकास्पद देखिएमा त्यस्ता…
आफूले नै अख्तियारी प्रदान गरेबमोजिम मातहतका कर्मचारीले प्राप्त अख्तियारबमोजिम कम्पनीको तर्फबाट भएको गैरकानूनी कार्यले सिर्जना गरेको दायित्वबाट उन्मुक्ति नपाउने । (प्रकरण नं.५)
प्रतिवादीको आर्थिक, सामाजिक स्तरसमेत निम्न स्तरको रहेको कारण देखाई पीडितलाई मुलुकी ऐन, जबरजस्ती करणीको महलको १० नं. को क्षतिपूर्तिको अधिकारबाट वञ्चित गर्न नमिल्ने । (प्रकरण नं.४) अपराध पीडित व्यक्तिले कसुरदारले सजाय पाउँदा मात्र पूर्ण न्यायको अनुभूति गर्न सक्द…
कुनै कसुर नैतिक पतन देखिने फौजदारी अपराध हो होइन भन्ने कुराको निर्णय सम्बन्धित समाजमा तत्काल कायम रहेको नैतिक मूल्यको सन्दर्भमा गर्नुपर्ने । सधैँ र सबै परिस्थितिका लागि नैतिक पतन देखिने फौजदारी अपराधको सूची तयार गरी स्पष्टीकरण वा परिभाषा दिन सम्भव नदेखिने । नै…
अन्य कसुरको Afterthought statement र यौनजन्य हिंसामा हुने Afterthought statement लाई एउटै दृष्टिकोणबाट हेर्न नमिल्ने । जबरजस्ती करणीमा पीडितमाथि नै लाञ्छना लाग्ने र सामाजिक लाञ्छनाको डरले तत्कालै उजुरी गर्न नसक्ने अवस्थाहरू रहने भएकोले यस्तो अवस्थामा पीडितले…
जुन ऐनमा संशोधन, खारेज, थपघट गर्नुपर्ने हो सोही ऐनमा नै गरिँदा तर्कसङ्गत, उपयुक्त र स्वाभाविक हुन्छ । एउटा ऐनको संशोधन सोही ऐनबाट नगरी अरू ऐनबाट गर्दा असहजता र जटिलता उत्पन्न हुन सक्छ तर त्यसको अर्थ त्यो असंवैधानिक नै भएको मान्नु तर्कसङ्गत नहुने । (प्रकरण नं…
एक आपसमा मिली कुनै कार्य गर्न वा नगर्न सहमत हुनु एक प्रकृतिको अवस्था हो भने सङ्गठित रूपमा हुने अपराधको प्रकृति फरक हुन्छ । कुनै अपराधमा आपराधिक कार्य गर्दा आफ्नो जानकारीमा रहेको वा जानकारी चिनजान नभए पनि पृष्ठभूमिमा रहेको कुनै व्यक्ति वा व्यक्तिहरूको आपराधिक…
दुवै कर्मचारीलाई एउटै वियषमा एकै पटक विभागीय कारबाही गरिएकोमा माथिल्लो तहको कर्मचारीलाई ग्रेडसम्म मात्र घटाउने तर तल्लो तहको कर्मचारीलाई सेवाबाट हटाउने जस्तो विशेष प्रकृतिको सजाय गर्ने बैंकको विभागीय कारबाहीमा असमान व्यवहार भएको देखिने । (प्रकरण नं.७) त्रुटि ग…
पति-पत्नी, बाबु-छोरासम्बन्धी नाता सम्बन्धका विवादमा DNA परीक्षण प्रतिवेदनलाई अन्य सबै प्रमाणहरूको तुलनामा सर्वाधिक निर्णायक (Conclusive) र एक मात्र अन्तिम प्रमाण मान्नुपर्दछ भन्ने अनिवार्यता रहेको देखिँदैन । यो एक सापेक्षिक कुरा हो । विविध प्रमाणहरूमध्ये DNA प…
वारदातस्थलबाट भाग्न सक्ने पर्याप्त समय र परिस्थिति हुँदाहुँदै भागेर आफ्नो ज्यान जोगाउने प्रयास गरेको नदेखिँदा आत्मरक्षाको लागि मृतकमाथिको प्रहार नै एक मात्र अन्तिम विकल्प थियो भन्न नमिल्ने । ९प्रकरण नं।८० पुनरावेदक र प्रतिवादीका तर्फबाट स् विद्वान् अधिवक्ता श्…
अंशजस्तो नैसर्गिक हक कुनै अंशियारले त्याग गर्दा सो त्याग गर्नुपर्ने आधार र कारण मनासिब, तर्कसङ्गत र न्यायपूर्ण देखिनुपर्ने । सगोलको कुनै पनि अंशियारले अंश मुद्दा दायर गरेपछि आफ्नो अंश हकको सम्पत्तिमा निर्भर रहने वा त्यस्तो मुद्दा दायर गर्ने व्यक्तिको हक हिस्स…
जबरजस्ती करणी भएको अवस्थामा मात्र यौनाङ्गमा चोट देखिने, सहमतिको करणीमा नदेखिने भन्न नमिल्ने । जाहेरवाला र प्रतिवादीले सहमतिमा करणी भएको भनी जिकिर लिइरहेको अवस्थामा शारीरिक परीक्षण प्रतिवेदनमा करणी भएको देखिएकै आधारमा जबरजस्ती करणी भएको भनी निष्कर्षमा पुग्न नम…
ससीम कित्ता जग्गा बिक्री गरिसकेपछि पनि उक्त कित्ताको बढ जग्गामा बिक्रेताको नै अधिकार हुन्छ भनी दाबी गर्ने अधिकारलाई मान्यता दिँदै जाने हो भने क्रेताको उक्त जग्गामाथिको अधिकारमा समेत सदैव अन्योलताको स्थिति कायम रहिरहने । (प्रकरण नं.१३)
घटना घटेको अवस्था र परिस्थिति मृतक तथा प्रतिवादीबिच पूर्वरिसइवीको अवस्था, वारदातको प्रकृति, प्रतिवादीको पूर्वआपराधिक चरित्र, अपराध घटाउने पूर्वतयारी, कसुरदारको उमेर तथा शारीरिक र पारिवारिक अवस्था सबै वा केही तत्त्वहरूको विद्यमानताको समग्र परिस्थितिलाई हेरी साब…
पूर्ण देवानी दायित्वको विषयमा ऋणीको अंश अपुताली खाने हकदारले धन खाने ऋणको दायित्वबाट उन्मुक्ति पाउने भनी व्याख्या गर्नु लेनदेन व्यवहारको व्यवस्था प्रतिकूल हुने । (प्रकरण नं.८) बाबु आमा हुँदाहुँदै कुनै खास उपयुक्त कारणबाहेक नाबालकहरूको संरक्षक अन्य व्यक्ति हुन…
सामान्य कानूनले निर्धारण गरेको कसुरको सजायलाई विशेष ऐनले घटाएकोमा त्यस्तो कसुरमा हुने सजायलाई घटाएको हदमै बुझ्नुपर्ने । मुलुकी अपराध संहिता, २०७४ को दफा ३(च) को प्रावधानमा रहेको “कैद सजाय हुने कसुर” लाई बालबालिकाको सजाय निर्धारणका सन्दर्भमा हेर्दा बालबालिकासम्…