नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10858 · वि.सं. २०७९

नि.नं. 10858 — जबरजस्ती करणी उद्योग

सिद्धान्त / नजिर सार (Headnote Summary)

अन्य कसुरको Afterthought statement र यौनजन्य हिंसामा हुने Afterthought statement लाई एउटै दृष्टिकोणबाट हेर्न नमिल्ने । जबरजस्ती करणीमा पीडितमाथि नै लाञ्‍छना लाग्ने र सामाजिक लाञ्‍छनाको डरले तत्कालै उजुरी गर्न नसक्ने अवस्थाहरू रहने भएकोले यस्तो अवस्थामा पीडितले गरेको उजुरीलाई निजले प्रतिवादीलाई फसाउने, सताउने नियत राखी दुराशययुक्त भावना एवं सोच विचार गरी उजुरी गरेको भनी अर्थ गर्नु न्यायसङ्‍गत एवं विवेकपूर्ण हुन नसक्ने । घटनाको क्रमबद्धताको वर्णन गर्दै थप स्पष्टतासहित पीडितले हदम्यादभित्रै दर्ता गरेको जाहेरीलाई Afterthought statement भन्‍नु कानूनसङ्‍गत नहुने । (प्रकरण नं.१२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10858
मुद्दाको विषयजबरजस्ती करणी उद्योग
निर्णय वर्ष / मिति2078/11/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना | माननीय न्यायाधीश श्री रेवन्त कुँवर | माननीय न्यायाधीश श्री अच्युत भण्डारी
मुद्दा नं.०७६-CR-०१२९
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10858
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्