नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10867 · वि.सं. २०७९
नि.नं. 10867 — सरकारी बाँकीसरह रकम असुलउपर गरिपाऊँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
न्याय प्रशासन ऐन, २०४८ मा नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ३९ लाई संशोधन गरी सुरू अधिकारक्षेत्र जिल्ला अदालतलाई तोकिसकेकोले वस्तुतः नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ को दफा ३९ को कानूनी व्यवस्था यथावत् रूपमा कायम रहेको मान्न नमिल्ने । अरू कानूनले संशोधित भइसकेको हुँदा सोही संशोधित भएको कानूनबमोजिम नै सो दफा ३९ मा भएको कानूनी व्यवस्थाको प्रयोग हुनुपर्ने । (प्रकरण नं.१०) ऐन कानूनहरूबाट निर्धारण भएका अदालतको अधिकारक्षेत्र जस्तो विषय स्पष्ट र द्विविधारहित हुनुपर्ने । नेपाल विद्युत् प्राधिकरण वादी प्रतिवादी भएको मुद्दामा सुरू कारबाही किनारा गर्ने अधिकारक्षेत्र जिल्ला अदालतलाई हुने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10867 |
|---|---|
| मुद्दाको विषय | सरकारी बाँकीसरह रकम असुलउपर गरिपाऊँ |
| निर्णय वर्ष / मिति | 2079/02/19 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश डा. श्री कुमार चुडाल | माननीय न्यायाधीश श्री खडानन्द तिवारी | माननीय न्यायाधीश श्री टीकाबहादुर हमाल | माननीय न्यायाधीश श्री द्वारिकामान जोशी |
| मुद्दा नं. | ०७६-DF-०००२ | ०७६-DF-०००३ | ०६६-CI-००५५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10867 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
