नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10854 · वि.सं. २०७९

नि.नं. 10854 — अंश चलन

सिद्धान्त / नजिर सार (Headnote Summary)

पति-पत्नी, बाबु-छोरासम्बन्धी नाता सम्बन्धका विवादमा DNA परीक्षण प्रतिवेदनलाई अन्य सबै प्रमाणहरूको तुलनामा सर्वाधिक निर्णायक (Conclusive) र एक मात्र अन्तिम प्रमाण मान्नुपर्दछ भन्ने अनिवार्यता रहेको देखिँदैन । यो एक सापेक्षिक कुरा हो । विविध प्रमाणहरूमध्ये DNA परीक्षण प्रतिवेदन अवश्य नै एउटा महत्त्वपूर्ण प्रमाण हुन सक्तछ । तर यो नै एक मात्र र अन्तिम प्रमाण भने होइन । यसलाई सामाजिक यथार्थ वा सन्दर्भअनुसार हेरिनु र मूल्याङ्कन गरिनुपर्ने । (प्रकरण नं.५) नागरिकताको प्रमाणपत्रमा पतिको नाम उल्लेख नगरेको भन्ने कारणलाई प्रमाणको रूपमा ग्रहण गरी नाता सम्बन्ध कायम नहुने ठहर गर्नु उचित नहुने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10854
मुद्दाको विषयअंश चलन
निर्णय वर्ष / मिति2078/06/11
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री कुमार रेग्‍मी | माननीय न्यायाधीश श्री मेघनाथ भट्टराई | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय | माननीय न्यायाधीश श्री ठाकुरप्रसाद शर्मा | माननीय न्यायाधीश डा.श्री आनन्दमोहन भट्टराईको मिति २०६६।५।१५ को राय । | माननीय न्यायाधीश श्री ठाकुरप्रसाद शर्माले विविध कोणबाट विवेचना गर्नुभएको | माननीय न्यायाधीश श्री ठाकुरप्रसाद शर्माले मिति २०६७/१/६ मा सहमति जनाई बहुमत कायम भएको उक्त अदालतको फैसला मनासिब देखिँदा सदर हुने ठहर्छ । प्रतिवादी राम शाहीसमेतको पुनरावेदन जिकिर पुग्न सक्दैन ।
मुद्दा नं.०६७-CI-०२१५
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10854
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्