नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10851 · वि.सं. २०७९
नि.नं. 10851 — जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
जबरजस्ती करणी भएको अवस्थामा मात्र यौनाङ्गमा चोट देखिने, सहमतिको करणीमा नदेखिने भन्न नमिल्ने । जाहेरवाला र प्रतिवादीले सहमतिमा करणी भएको भनी जिकिर लिइरहेको अवस्थामा शारीरिक परीक्षण प्रतिवेदनमा करणी भएको देखिएकै आधारमा जबरजस्ती करणी भएको भनी निष्कर्षमा पुग्न नमिल्ने । जाहेरवालाको बकपत्र मिसिल संलग्न अन्य स्वतन्त्र प्रमाणबाट समर्थित भइरहेको अवस्थामा निजको बकपत्रलाई केवल प्रतिवादीलाई सजायबाट बचाउने उद्देश्यले गरेको भनी सो बकपत्रको प्रामाणिक मूल्यलाई नजरअन्दाज गर्न नमिल्ने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10851 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2078/10/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा | माननीय न्यायाधीश श्री राजेन्द्र सुवेदी |
| मुद्दा नं. | ०७७-CR-१२७५ | ०६९-CR-००१७ | ०७५-CR-१६३६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७९, नि.नं. 10851 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
