नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10857 · वि.सं. २०७९

नि.नं. 10857 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

जुन ऐनमा संशोधन, खारेज, थपघट गर्नुपर्ने हो सोही ऐनमा नै गरिँदा तर्कसङ्गत, उपयुक्त र स्वाभाविक हुन्छ । एउटा ऐनको संशोधन सोही ऐनबाट नगरी अरू ऐनबाट गर्दा असहजता र जटिलता उत्पन्‍न हुन सक्छ तर त्यसको अर्थ त्यो असंवैधानिक नै भएको मान्‍नु तर्कसङ्गत नहुने । (प्रकरण नं.४) सामान्यतया जुन कानून संशोधन गर्नुपर्ने हो सोको लागि संशोधन विधेयक तयार गरी संसदीय समितिमा पर्याप्त छलफल गरी गराई, आवश्‍यकतानुसार सरोकारवालाहरूसँग समेत छलफल गरी ऐन संशोधनको काम कारबाही अगाडि बढाउनु भनी विपक्षीका नाममा निर्देशनात्मक आदेश जारी हुने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10857
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2076/12/02
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत | माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी
मुद्दा नं.०७५-WO-०८१९
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10857
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्