नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10852 · वि.सं. २०७९

नि.नं. 10852 — मिलापत्र बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

अंशजस्तो नैसर्गिक हक कुनै अंशियारले त्याग गर्दा सो त्याग गर्नुपर्ने आधार र कारण मनासिब, तर्कसङ्‍गत र न्यायपूर्ण देखिनुपर्ने । सगोलको कुनै पनि अंशियारले अंश मुद्दा दायर गरेपछि आफ्नो अंश हकको सम्पत्तिमा निर्भर रहने वा त्यस्तो मुद्दा दायर गर्ने व्यक्तिको हक हिस्साको सम्पत्तिबाट मात्र बन्डा पाउने बाँकी अंशियारको अंश हकलाई सीमित वा सङ्कुचित गर्ने गरी मिलापत्र गर्नुलाई न्यायको दृष्टिकोणबाट उचित मान्‍न नसकिने । त्यस्तो कार्यलाई अन्य अंशियारलाई मर्का पार्ने गरी दूषित मनसायबाट गरिएको अनुचित कार्य मान्‍नुपर्ने । यस प्रकारको मिलापत्रका आधारमा अंश हकजस्तो अधिकारबाट अन्य अंशियारलाई वञ्‍चित गर्नु न्यायसङ्गत नहुने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10852
मुद्दाको विषयमिलापत्र बदर
निर्णय वर्ष / मिति2078/01/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा | माननीय न्यायाधीश श्री अमृतबहादुर बस्नेत | माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल | माननीय न्यायाधीश श्री रेवन्तबहादुर कुँवर
मुद्दा नं.०७३-CI-१०३९ | ०७३-CI-१०३७
उद्धरण सन्दर्भने.का.प. २०७९, नि.नं. 10852
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्