(१) तोकिएको आर्थिक वर्ष भित्रैमा भुक्तानी नलिएको भए पनि सो आधारले मात्र आर्थिक (साविक पेज नं. ६६०) वर्ष व्यतित भएपछि भुक्तानी पाउनु पर्ने संचित विदाको रकम भुक्तानी पाउनबाट रोक लगाउने स्थिति नरहने । (प्रकरण नं. १०)
(१) भ्रष्टाचार सम्बन्धी कसूरमा सफाई पाएकोले पुनः नोकरीमा कायम गरी पाउँ भन्ने जिकिर कानुनसंगत मान्न नमिल्ने । (प्रकरण नं. ९) (२) सजायँ गर्ने अधिकारी कार्यकारी अध्यक्षले स्पष्टीकरण माग गर्नु पर्नेमा नायब महाप्रबन्धकले स्पष्टीकरण माग गरेको र कार्यकारी अध्यक्षले प…
(१) कसैले कुनै प्रलोभन दिंदैमा कानुन वर्जित कार्य गरेकोमा त्यस्को दायित्वबाट उम्किन नपाउने । (प्रकरण नं. १४) (२) प्रहरी प्रतिवेदनमा सरकारी वकिल कार्यालयबाट पनि मुद्दा दायर गर्न अनुरोध गरी अड्डाको छाप समेत लगाएको देखिँदा कारवाही पूर्णतः बेरीत भन्न नसकिने । (प्र…
(१) एकजनाले मात्र मृतक लाश बोकी लगी मुचुल्कामा वर्णित अवस्था हुने गरी झुण्डयाउन सक्ने सामान्य स्थिति मान्न नमिल्ने । (प्रकरण नं. २४) (२) शुरु जाहेरी दर्खास्त आफैंले पासो लगाई झुण्डिई मरेको भनी उल्लेख गरेको, काजकृया सदगत समेत आत्महत्याको रुपमा भएको सम्झी सम्पन्…
(१) घर दैलोमा टाँसी तामेल गरिएकोमा तेस्रो प्रतिमा सो तामेली मिति जनाई स्थानीय पंचायतमा बुझाई छुट्टै भरपाई लिनु पर्छ वा तामेली प्रतिको पिठमा नै सो जनाई सहिछाप गराई लिनु पर्नेमा सो बमोजिम गरे भएको प्राप्त मिसिलको म्यादबाट नदेखिएकोले म्याद रीतपूर्वकको नदेखिने । (…
(१) नित्य पूजा नगरा बजाए बापत मात्र खान्गीमा खान पाउने जग्गा प्रत्यर्थीहरुको नाउँमा रैतानी नम्बरीमा दर्ता गर्ने गरेको निर्णय र सो आधारमा भएका अन्य निर्णयहरु उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ११)
(१) विपक्षीहरुबाट बिगो नबुझाए बापतमा भएको लिलाम बदर गरी पाउँ भनी म्याद थमाई आएपछि विपक्षी तर्फबाट बिगो धरौट रहेको कारणबाट लिलाम बदर गरेको (साविक पेज नं. ६४१) पाइन्छ । निवेदकले पाउने बिगो धरौटी रहेको प्रस्तुत स्थितिमा निवेदकको माग बमोजिमको आदेश जारी हुनु पर्ने…
(१) सर्वश्वसहित जन्मकैद भएकोमा सोको जे जति कैद हुन्छ सोको मात्र लगत कसी कैद सजायँ गर्न पर्नेमा सर्वश्वसहित जन्मकैदको सजायँ भुक्तान गरेपछि डाँका मुद्दामा लागेको वर्ष ९ र जरिवाना बापतको कैद ठेक्ने भनी पठाएको लगत त्रुटिपूर्ण देखिँदा डाँका मुद्दामा लागेको वर्ष ९ र…
(१) जस्ले जुन कुराको दावी लिन्छ सो दावी प्रमाणित गर्ने भार त्यस्तो दावी लिने उपर नै हुने । (प्रकरण नं. १७) (२) अंशियार अंशियार वादी र प्रतिवादीको बीच सुक्री बिक्री भएको देखिँदा अंश बण्डा भएको छैन अंश पाउँ भन्ने वादी पुनरावेदकको कथनसंग सहमत हुन नसकिने । (प्रकरण…
(१) फौज्दारी अभियोगमा स्वतः निलम्बनको पूर्व शर्त गिरफ्तारी र थुना हो, फौज्दारी अभियोगमा कारवाहीमा परेका कर्मचारीलाई जमानीमा छाड्न इन्कार हुने अवधिका सीमा निश्चित गर्न नसकिने । (प्रकरण नं. १६) (२) निलम्बन फुकुवाको अर्थ निलम्बित कर्मचारीलाई निलम्बन पूर्वको अवस्थ…
(१) लास जाँच मुचुल्काबाट धारीलो हतियारको प्रहारबाट मरेको कुरा पुष्ट्याई भएको पाइन्छ, प्रतिवादीको प्रहरीमा भएको साविती स्वतन्त्र प्रमाण चस्मदिद व्यक्तिको बकाईबाट समर्थित भएको अवस्थामा शंका छ र शंकाको सुविधा अभियुक्तले पाउनु पर्छ भन्ने बहससंग सहमत हुन नसकिने । (…
(१) मुद्दाको प्रमुख गवाहको रुपमा रहेकी पीडित पक्ष स्वयं जाहेरवाली समेत अदालतमा आई आफ्नो जाहेरी समर्थन गर्न सकेको छैन । यस्तो स्थितिमा बिना कुनै ठोस सबूद प्रमाण प्रतिवादीहरुलाई कसूरदार ठहर्याउन नसकिने । (प्रकरण नं. १६)
(१) सम्झौता बमोजिम सम्पन्न गर्नु पर्ने कार्य, सम्झौता गर्ने पक्षले जे जुन तवरबाट गरे गराएको किन नहोस सो कार्य सम्पन्न गर्नु पर्ने कर्तव्य र सो बापतको भुक्तानी समेत प्राप्त गर्ने अधिकार सोही पक्षकारमा निहित हुन जाने । (प्रकरण नं. १६) (साविक पेज नं. ६१२) (२) निव…
(१) सगोलको सम्पत्ति कानुन बमोजिम दुवैको मञ्जूरीबाट अलग अलग गरी लिखत गरेको अवस्थामा बाहेक दुइजनाको नाममा छुट्टा छुट्टै दर्ता गर्न नसकिने । (प्रकरण नं. ११)
(१) राजपत्रअनंकित कर्मचारीको नियुक्ति गर्ने अख्तियारी कानुनतः श्री ५ को सरकारलाई भएको देखिन नआएको, अख्तियार प्राप्त निकाय या व्यक्ति पदाधिकारीको निर्णय आदेश कानुन बमोजिम भएको खण्डमा मात्र त्यो कानुनको दृष्टिबाट मान्य हुन सक्छ तर प्रस्तुत रिटनिवेदनमा विद्यमान क…
(१) जिल्ला अदालतबाट भएको फैसलाले अंश हक कायम भइसकेको देखिन आएकोले यस मुद्दाबाट पनि अंश हक कायम गराई रहन नपर्ने । (प्रकरण नं. १६) (२) अंश मुद्दाबाट विवादित जग्गामा वादीको पनि अंश हक कायम भएको देखिए तापनि वादी दावी बमोजिमको किल्ला साँध कायम गरी जग्गामा वादी प्रत…
(१) चस्मदिद व्यक्तिहरुको बकपत्र वारदात भएको एक वर्ष भन्दा पनि पछि भएको देखिएकोले त्यस्तो स्थितिमा शर्ट, पाइन्टको रंग कस्तो थियो भन्ने जस्ता सानातिना कुराहरु याद नहुन पनि सक्ने हुँदा जाहेरी दर्खास्त, जाहेरवालीको अदालतमा गरेको बकपत्र समेतबाट घटना हुँदा वारदात स्…
(१) वादीको दावी नापी गोश्वाराले सुनाए बमोजिम जग्गा खिचोला गरी दर्ता बदर गरी मेरो हक कायम गरी पाउँ भनी मूल रुपमा जग्गा मिच्नेको १ नं. र १८ नं. (साविक पेज नं. ५८६) समेतलाई आड लिई आएको देखिँदा जग्गा नाप जाँच ऐन, २०१९ को दफा ६ (७) ले तोकेको हदम्याद नाघि प्रस्तुत फ…
(१) धारा, भरेङ र चिबहाल रहँदैमा चोक वादीको एकलौटी हुन्छ भन्न नमिल्ने । (प्रकरण नं. १६) (२) साझा भनी दावी गर्नेले साझाको अवस्था सम्म देखाई दिए पुग्ने । (प्रकरण नं. १७)
(१) कुटपिट गरेबाट सोही चोट पीरले मरेको भन्ने कुरा पुष्टि हुन आएको तर मृतकको मृत्यु यसैको चोटले वा यही चोटको कारणले भएको भन्ने कुरा खुल्न नआएको र प्रतिवादीहरु समेतले चोट छाडेको भन्ने देखिन आएबाट निजहरुको कुटपिटको कारण समेतबाट मृतकको मृत्यु भएको देखिएकोले प्रतिव…
(१) मुद्दामा पक्षको रुपमा सम्मिलित नभएका व्यक्तिलाई प्रतिकूल असर परेको सम्झन नमिल्ने । (प्रकरण नं. १३) (२) अन्तर्वार्ता सम्मको कारवाहीलाई यथावत राख्दै अन्तर्वार्ताको नतिजा र सो अनुसारको सिफारिश समेतको कारवाही तथा निर्णयमा संशोधन गर्ने गरी भएको लोक सेवा आयोगको…
(१) शिक्षा ऐन, २०२८ को चौथो संशोधन ०४५ सालमा लागू भइसकेपछि अस्तित्व विहीन भइसकेको शिक्षक छनौट उपसमितिले गरेको नियुक्ति सम्बन्धी काम कारवाही (साविक पेज नं. ५६५) अनाधिकृत देखिन आएकोले उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०)
(१) भविष्यमा सरकारी नोकरीको निमित्त सामान्यतः अयोग्य ठहरिने गरी दिएको विभागीय सजायँको आदेश उपर पुनरावेदन सुन्ने क्षेत्राधिकार प्रशासकीय अदालतमा स्थापित भइसकेपछि प्रशासकीय अदालत नियमावली, २०४४ बमोजिम उपरोक्त विषयमा विभिन्न कार्यालय वा अधिकारी समक्ष किनारा हुन ब…
(१) आफ्नो कुरा भन्ने मौका प्रदान गर्नु पर्ने प्राकृतिक न्यायको सिद्धान्त समेतले निर्देशित गरेको र प्रतिवाद गर्ने मौका दिएको समेत कतैबाट नदेखिएकोले लिलाम हुन लागेको सम्पत्ति दर्ता हुने निवेदिकालाई कानुन बमोजिम बुझी कानुनले जो जे गर्नु पर्दछ गर्नु भनी परमादेश जा…