सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २५६ / ४४०

नि.नं. 4420वि.सं. २०४८संयुक्त इजलास

सवारी ज्यान

(१) सही साइड तर्फबाट कार चलाउँदै लाँदा डिउटीमा रहेको मृतक प्रहरीको कारको ठक्कर लागी मृत्यु भएको देखिन आएको, मार्नु पर्ने इवि आदि कारण अवस्था र ज्यानसम्बन्धीको १३(३) को अपराध प्रमाणित हुन सक्ने आधार प्रमाण समेत नहुँदा ज्यानसम्बन्धीको ६(२) अनुसार भवितव्य ठहर्‍या…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4419वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण

(१) वडा नं. ७ मा जग्गा रहेको देखिएको र वडा नं. ६ मा २ नं. अनुसूची प्रकाशित भएको देखिन आयो, यस स्थितिमा सर्वोच्च अदालतले कायम गरेको नजीरको विपरीत गरी भू.सु.का.ले मोहीको प्रमाणपत्र दिन मिल्दैन भनी निर्णय गरेकोमा मोही प्रमाणपत्र दिन पर्ने भनी अञ्चल अदालतले गरेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4418वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण

(१) निखन्न पाउने र निखन्न दिनु पर्ने दुबै थरले निखनी लिन दिनका लागि संयुक्त दर्खास्त गरी सो अनुसार निखनी लिने दिने सम्बन्धमा आफ्नो अधिकारभित्र रही मालपोत कार्यालयबाट मिलापत्र भएकोमा मुलुकी ऐन रजिष्ट्रेशनको महलको ३५(४) नं. आकर्षित भई सयकडा १ प्रतिशत बक्सौनी बुझ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4417वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण

(१) विनियम जस्तो कुरा साधारण मजदुरको जानकारीमा हुन्छ नै भन्न पनि सकिन्न त्यसमा पनि विपक्षी प्रा.लि.बाट निवेदकले विनियम माग गरेकोमा सो विनियम दिलाइएको वा सो को व्यवस्थाको जानकारी निवेदकलाई गराइएको भन्ने फाइलबाट कतै देखिन आएन । यस स्थितिमा निवेदकले विकल्पको बाटो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4416वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण, परमादेश

(१) जग्गा मिच्नेको महलको २ नं. र जग्गा पजनीको ८ नं. मा भएको व्यवस्थालाई हेर्दा यदी कुनै जग्गा धनीको जग्गामा खोलो पसेको रहेछ र पछि खोलाले जग्गा छोड्यो भने साविक कै जग्गावालाले भोग गर्न पाउने अधिकार संरक्षित रहेको पाइने । (प्रकरण नं. ८) (२) कानुनमा स्पष्ट व्यवस्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4415वि.सं. २०४८संयुक्त इजलास

कर्तव्य ज्यान

(१) चुप्पीले गर्दन छिनाउँदा सहभागी रहेको र टाउको बोकी ल्याई गाड्ने कार्य र अपराध बारे कसैलाई नसुनाएबाट अपराध लुकाउने प्रयासबाट निजको पनि पूर्ण संलग्नता देखिँदा सजायँ कठोर भयो भन्न नमिल्ने । (प्रकरण नं. १८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4414वि.सं. २०४८संयुक्त इजलास

कीर्ते

(१) रेखा विशेषज्ञले ल्याप्चे सहिछाप मिल्न भिड्न नआउने भनी राय दिएको र कृष्णेश्वरीले पनि सोही अनुरुप विशेष प्रहरीमा कीर्ते गरे भनी उजूर दिएको देखिएबाट अदालतमा निजले आई बयान गर्दा सद्दे साँचो भनी भनेकै आधारमा सद्दे साँचो हो भनी मान्न नसकिने नमिल्ने हुँदा कीर्ते…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4413वि.सं. २०४८संयुक्त इजलास

परमादेश

(१) नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ को व्यवस्था सामान्य प्रकारको हो र सोही संविधानको भाग २ को नागरिकता सम्बन्धी व्यवस्था विशेष प्रकारको हो, त्यसकारण यो विशेष व्यवस्था सामान्य व्यवस्था अनुरुप भएन भन्ने कुरा मान्य हुने होइन । श्री ५ को सरकारले यस विशेष…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4412वि.सं. २०४८संयुक्त इजलास

लिखत बदर

(१) माइतीबाट दिएको धन दाइजो भन्नु पर्नेमा त्यस्तो धनलाई पेवा भन्ने उल्लेख गर्दैमा त्यस्तो धन सम्पत्ति माइतीबाट दिएको होइन भन्ने स्थिति हुँदैन राजीनामामा तिमीलाई माइतीले दिएको सम्पत्ति मासेको भनेकोले सो सम्पत्ति धन माइतीले दिएकै भन्ने कुरामा उक्त राजिनामा लिखतै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4411वि.सं. २०४८संयुक्त इजलास

जग्गा दर्ता बदर गरी दर्ता गरी पाउँ

(१) मुद्दामा संलग्न पक्षले मिलापत्र गर्दा आफ्नो हकदावी र प्रतिवादी जिकिर कायम राख्ने, संशोधन गर्ने वा परित्याग गर्ने इत्यादि निश्चित र लेखबद्ध अभिव्यक्त गरेको छ, यसर्थ के कस्तो कुरामा वादी दावी कायम राखेको छ वा के कस्तो र के कस्तो हदसम्म वादीले दावी छाडेको छ भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4410वि.सं. २०४८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) अख्तियार प्राप्त निकायबाट भए गरेको निर्णयको औचित्य भित्र प्रवेश गरी निर्णय ठीक बेठीक के हो ? त्यस सम्बन्धमा बन्दीप्रत्यक्षीकरणको निवेदनबाट विचार गर्न नमिल्ने । (प्रकरण नं. २२) (२) सुन चोरी पैठारी गरी पठाएको भन्ने कसूरमा निवेदक उपर हङकङ न्यायालयबाट सजाय भएक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4409वि.सं. २०४८संयुक्त इजलास

कर्तव्य ज्यान

(१) कर्तव्य ज्यान जस्तो संगिन प्रकृतिको अपराधमा केवल अदालत समक्षको इन्कारी बयानले मात्र सफाईको लागि शंकारहित प्रमाणको भूमिका निर्वाह गर्न सक्दैन, इन्कारी बयान अन्य शंकारहित प्रमाणबाट पुष्टि हुनु पर्ने । (प्रकरण नं. ५०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4408वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

(१) निजामती कर्मचारीलाई विभागीय सजाय गरिँदा निजामती सेवा नियमावली, २०२१ को नियम १०.९ अनुसार निजलाई जुन आरोप लगाइएको छ, सो आरोपमा स्पष्टीकरण लिइसकेपछि सजाय दिनु भन्दा पूर्व नियमावलीकै नियम १०.१० बमोजिम दिइने सजाय प्रस्ताव गरी पुनः अर्को स्पष्टीकरण लिई जुन आरोप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4407वि.सं. २०४८संयुक्त इजलास

मुद्दा : बन्दीप्रत्यक्षीकरण लगायत आज्ञा आदेश जारी गरी पाऊँ ।

(१) निवेदिकाले आफ्नो शरिरको भित्री भागमा बे्रसियर र अण्डरवियरमा कालो टेपले बेरेर सुन राखेको बरामद भएको भन्ने भन्सार कार्यालयको लिखितजवाफ र बरामदी मुचुल्का समेतबाट स्पष्ट रहेको छ । यसरी सुन लुकाई छिपाई ल्याएको निवेदिकाको कार्य भन्सार ऐन, २०१९ को दफा २(ठ) बमोजिम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4406वि.सं. २०४८पूर्ण इजलास

दर्ता बदर दर्ता

(१) अचल सम्पत्तिको दर्ता स्वामित्व प्रमाणित गर्न रजिष्ट्रेशनको १ नं. बमोजिम पारीत लिखत अनिवार्य हुने । (प्रकरण नं. १५)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4405वि.सं. २०४८पूर्ण इजलास

अंश यकिन गरी पाउँ

(१) सर्वोच्च अदालत डिभिजनबेञ्जबाट अंश नलाग्ने भन्ने कुरा प्रष्ट रुपबाट बोलेको र फूलबेञ्चबाट दवाए छपाएको नदेखिएको भनी दपोट नठहराएको देखिँदा दपोट मुद्दाबाट सम्पत्ति बण्डा लाग्ने भन्न नमिल्ने । (प्रकरण नं. १६) (२) अंश मुद्दा परेको सो अंश मुद्दाले दपोटतर्फ संकेत ग…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4404वि.सं. २०४८पूर्ण इजलास

गाली बेइज्जती

(१) मुद्दाको कारवाहीको सिलसिलामा दिइने फिराद प्रतिउत्तर लगायतका लिखतहरु सिष्ट भाषामा लेखिएको हुनुपर्छ । अरुको चरित्र वा प्रतिष्ठामा आघात पर्ने किसिमको व्यहोरा वा सैलीमा हुनुहुन्न । (प्रकरण नं. १५) (२) स्वास्नी राखेको भन्ने कुराको कुनै भरपर्दो प्रमाण प्रतिवादीह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4403वि.सं. २०४८पूर्ण इजलास

गुठी जग्गा दर्ता गरी पाउँ

(१) भेषधारीको आफ्नो हक पुग्ने जग्गासम्म गुठी कायम हुन सक्ने । (प्रकरण नं. २०) (२) “दरिएको” वा “दर्ता” भन्ने शब्दले दर्तावालाको आफ्नो एकलौटी हकभोग भएको दर्ताको जग्गा सम्झनु पर्ने र सगोलका जग्गा दर्ताकै कारणबाट अरु अंशियारहरुको हक समाप्त हुन्छ भनी सम्झन नमिल्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4402वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण मिश्रित परमादेश

(१) जग्गाको कुनै भागमा मुद्दा परी राखेको स्थितिले सो कित्तामा यो यता पट्टिको भागमा विवाद परेको र यतापट्टिको विवाद नपरेको भनी प्रमाण हेरी रिटनिवेदनबाट छुट्याउन नमिल्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4401वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण

(१) आरोपका आधार प्रमाण र सफाइको मौका दिन अव्यवहारिक हुने आधार कारणहरु निर्णयमा नखुलेको, पर्चामा र लिखितजवाफमा उल्लेख भएको आधारहरुको औचित्यपूर्ण सन्दर्भयुक्त वस्तुगत तथ्यमा आधारित भएको नदेखिई अनुमानित काल्पनिक प्रकृतिको देखिँदा उचित र पर्याप्त आधारमा नोकरीबाट ह…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4400वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण

(१) मौलिक हक वा अन्य प्रभावकारी वैकल्पिक उपचार नभएको कानुनी हक प्रचलनार्थ असाधारण अधिकार क्षेत्र गुहार्न आउनु पर्ने हुन्छ, व्यक्तिको त्यस्तो हक अनाधिकार र देखादेखी रुपमा कानुनी त्रुटि गरी हनन् भएको अवस्थामा मात्र रिट क्षेत्रबाट उपचार दिन मिल्ने । (प्रकरण नं. १…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4399वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण

(१) नागरिकको हक अधिकारमा आघात पार्ने परिणामको कुनै निर्णय फैसला गर्दा कानुनको अक्षरसः पालन भएको हुनु अनिवार्य हुने । (प्रकरण नं. १९)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4398वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण

(१) अदालतहरुबाट सबूद प्रमाणहरुको तथ्यगत मूल्याड्ढन गरी दाइजो पेवा हो होइन, बण्डा लाग्ने नलाग्ने के हो इत्यादि कुराहरुको प्रमाण बुझी गरेको इन्साफलाई पुनः तथ्य भित्र प्रवेश गरी रिट क्षेत्रबाट हस्तक्षेप गर्न नमिल्ने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4397वि.सं. २०४८संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

(१) कानुनद्वारा आफूलाई प्राप्त अधिकार अन्तर्गत श्री ५ को सरकार वादी भई मुलुकी ऐन ठगीको ५ नं. अनुसारको सजायँको माग दावी लिई दायर भएको मुद्दालाई मुलुकी ऐन प्रारम्भिक कथनको ४ नं. को व्यवस्था अनुसार त्यस्तो अपराध सम्बन्धी मुद्दामा वाणिज्य बैंक ऐन, २०३१ को दफा ४३ अ…

नजिर सार पढ्नुहोस् →