नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4412 · वि.सं. २०४८
नि.नं. 4412 — लिखत बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) माइतीबाट दिएको धन दाइजो भन्नु पर्नेमा त्यस्तो धनलाई पेवा भन्ने उल्लेख गर्दैमा त्यस्तो धन सम्पत्ति माइतीबाट दिएको होइन भन्ने स्थिति हुँदैन राजीनामामा तिमीलाई माइतीले दिएको सम्पत्ति मासेको भनेकोले सो सम्पत्ति धन माइतीले दिएकै भन्ने कुरामा उक्त राजिनामा लिखतैबाट विवाद नदेखिँदा त्यस्तो सम्पत्ति धनलाई जुनसुकै शब्द प्रयोग भए पनि सो सम्पत्ति धन माइतीबाटै दिएको धन भन्ने कुराको विवाद नहुँदा राजीनामा लिखतमा पेवा भन्ने उल्लेख हुँदा त्यस्तो सम्पत्ति अन्यथा रहेछ भन्न र अमान्य गर्न नमिल्ने । (प्रकरण नं. १५) (२) पाएको सम्पत्ति माइतीको धन मासे बापत पाएको र त्यस्तो सम्पत्ति सो नाताबाट हक भोगी चर्ची आएको र मन्जूरी नहुनेले सो लिखत बदर गराउन नसकेकोले स्त्री अंशधनको महल बमोजिम त्यस्तो सम्पत्ति निजी एकलौटी सम्पत्ति हुने । (प्रकरण नं. १६) (३) ऐनको म्यादभित्र मौकैमा लिखत बदर गराउन नसकेको स्थितिमा सम्पत्ति सगोलको हो र सगोलमा नै रहेकोले बदर गराउन हामी आएनौं भन्ने वादीहरुको भनाई मिल्दो देखिन्न, सगोलबाट विवादको सम्पत्तिले निजी एकलौटी रुप लिएपछि त्यस्तो सम्पत्तिमा असर पर्ने व्यक्तिले मौकैमा उजूर गरी त्यस्तो लिखतलाई बदर गराउनु पर्ने । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4412 |
|---|---|
| मुद्दाको विषय | लिखत बदर |
| निर्णय वर्ष / मिति | 2047/11/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4412 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
