नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4416 · वि.सं. २०४८
नि.नं. 4416 — उत्प्रेषण, परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गा मिच्नेको महलको २ नं. र जग्गा पजनीको ८ नं. मा भएको व्यवस्थालाई हेर्दा यदी कुनै जग्गा धनीको जग्गामा खोलो पसेको रहेछ र पछि खोलाले जग्गा छोड्यो भने साविक कै जग्गावालाले भोग गर्न पाउने अधिकार संरक्षित रहेको पाइने । (प्रकरण नं. ८) (२) कानुनमा स्पष्ट व्यवस्था भै राखेकोमा सोही बमोजिम विपक्षी मा.पो.का. बाट कानुन बमोजिम कारवाही निर्णय गर्नु पर्ने देखिन्छ, विभागीय परिपत्रले कानूनको रुप लिन्छ भन्न नमिल्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4416 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण, परमादेश |
| निर्णय वर्ष / मिति | 2048/08/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4416 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
