सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २५५ / ४४०

नि.नं. 4444वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण

(१) करार बमोजिमको शर्त पूरा गरी सकेपछि वा कुनै कारणले धरौटी राख्ने व्यक्तिलाई नै फिर्ता दिनु पर्ने अवस्थामा धरौटी फिर्ता गर्ने सूचना प्रकाशित गर्दा पनि निज नआएकोले जफत गरिएको भन्नु र करार जीवन्त वा वहाल रहेको अवस्थामा शर्त बमोजिम नगरेको भनी धरौट जफत गर्नु बेग्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4442वि.सं. २०४८संयुक्त इजलास

लागू औषध

(१) बिक्री वितरण गरेको भन्ने सम्बन्धमा यो यसलाई यस मितिमा यति रुपैयाँमा बिक्री वितरण गर्‍यो भन्ने बिक्रीको न्यूनतम तथ्यसम्म पनि खुलाई माग दावा गरेको पाइएन । प्रतिवादीको साथमा फेला परेको भन्ने तथ्य देखाई फेला परेको १९१२ ग्रा. र १० ग्राम अफिमको सम्बन्धमा प्रतिवा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4441वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण

(१) संस्थानलाई चाहिएको बेला जग्गा छोड्ने शर्तमा मोहियानीमा जग्गा कमाउने चलन पुर्जी दिई जग्गा बन्दोवस्त गरिदिए बमोजिम निवेदकहरुले लगातार तिरो तिरी रसिद प्राप्त गरी रहेको देखिएको हुँदा निवेदकहरुलाई नबुझी पञ्चायतको सिफारिशलाई एकमात्र आधार बनाई विपक्षीहरुको नाउँमा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4440वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण

(१) न्यायिक वा अर्धन्यायिक निकायले निर्णय गर्दा न्यायिक मनको प्रयोग गर्नु पर्ने । (प्रकरण नं. १४) (२) निर्णयकर्ता के कस्तो आधारमा आफ्नो निर्णयमा पुगेको हो ती ठहर्‍याउनु पर्ने कुराको विवेचना गरेको हुनुपर्ने । (प्रकरण नं. १४) (३) निर्णयकर्ताले सबूद प्रमाणको मूल्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4439वि.सं. २०४८पूर्ण इजलास

लिखत बदर मुद्दामा पूर्णइजलासबाट इन्साफ जाँच गरी पाउँ

(१) मन्त्री परिषदले जाहेर गरेको प्रस्तावमा श्री ५ महाराजाधिराजबाट बक्सेको स्वीकृतिलाई नेपाल कानुन व्याख्या सम्बन्धी ऐन, २०१० को दफा २(झ) बमोजिम श्री ५ को सरकारको निर्णय सम्झनु पर्ने र श्री ५ को सरकारको निर्णयबाट कानुनले प्रदान नगरेको कुनै अधिकार ग्रहण गरी अदाल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4438वि.सं. २०४८पूर्ण इजलास

उत्प्रेषण

(१) किसानले बुझाउन पर्ने किस्ता नबुझाई बाँकी राखेको सो किस्ता असूल उपर गर्न कानुनी व्यवस्थाले निर्दिष्ट गरे अनुसार आवश्यक परे जति जग्गा मात्र लिलाम गर्नु पर्ने । (प्रकरण नं. १२) (साविक पेज नं. ८६४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4437वि.सं. २०४८पूर्ण इजलास

लिखत बदर

(१) लिखत प्रमाण बेगर कुनै सम्पत्ति प्रतिवादीको भनाईकै भरमा निजी आर्जनको भनी ठहर गर्न नमिल्ने । विवादित लिखतमा उल्लेखित अचल सम्पत्ति वादीहरु समेतको अंश लाग्ने सगोलको सम्पत्ति रहेछ भनी प्रमाण ऐन, २०३१ को दफा ६(क) अनुसार अनुमान गर्नु पर्ने । (प्रकरण नं. १८) (२) व…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4436वि.सं. २०४८पूर्ण इजलास

कपाली साँवा ब्याज समेत दिलाई पाउँ भन्ने

(१) दृष्टिबन्धकी लेखिएको लिखत पारीत नहुने ठहर भई थैली कपाली भएको कारणबाट लेनदेन व्यवहारको ३ नं. आकृष्ट हुने स्थिति नरहने । (प्रकरण नं. १३) (२) कुनै लेनदेनको लिखत पारीत हुन नसकी परिणामतः कपाली हुन गएको लिखतका सम्बन्धमा लेनदेन व्यवहारको महलमा अन्यत्र कतै छुट्टै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4435वि.सं. २०४८पूर्ण इजलास

जालसाजी

(१) अरु अंशियार समेतको अंश हक लाग्ने सम्पत्तिमा अरुको हक नै मेट्ने उद्देश्यले लिए दिएकोमा उक्त कार्य कीर्ते कागजको ३ नं. अनुसार जालसाजी हुने । (प्रकरण नं. १७) (साविक पेज नं. ८४९) (२) जहाँ कानुनले दुइवटा उपचारको व्यवस्था गरेको हुन्छ त्यहाँ दुई उपचार मध्ये कुन उ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4434वि.सं. २०४८पूर्ण इजलास

दाखिल खारेज

(१) मालमा बयान गर्ने ऋणी र निजको अंशियारले यो यसतर्फको कित्ताकाट गरी दिन मञ्जूर छ नभनेको हुँदा लिखतको आधारबाट मात्र सोझै जग्गा छुट्याई कित्ताकाट गर्न नमिल्ने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4433वि.सं. २०४८पूर्ण इजलास

निखनाई पाउँ

(१) वादीले थैली थाहा पाउन उचित र पर्याप्त प्रयास गरेको कुरा फिरादमा लेखी देखाउन नसकेकोले लेनदेन व्यवहारको १६ नं. अन्तर्गत प्रस्तुत फिराद परेको भन्न नमिल्ने । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4432वि.सं. २०४८पूर्ण इजलास

उत्प्रेषणको आदेश जारी गरी पाउँ

(१) संयुक्त दर्तावाला व्यक्तिलाई बुझ्दै नबुझी एक पक्षको कुरा मात्र सुनी निजको कुराको मात्र विचार गरी दर्ता छुट्याउनु न्यायिक रोहरित अनुकूल नभएकोले, त्यस्तो कारवाही निर्णयको न्यायिक मान्यता हुन नसक्ने । (प्रकरण नं. ११)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4431वि.सं. २०४८पूर्ण इजलास

कर्तव्य ज्यान

(१) नाबालकले निजको बकाई अनुसार १२ जनाको हुलले घुस्सा मुक्काले हानेको भनेको अवस्था कुनै हल्ला खल्ला नगरी रुनु कराउनु केही नगरी त्यसै हेरिरहेको होला भनी सम्झन मिल्ने हुँदैन, सो बकाइलाई आधारमा लिन नमिल्ने । (प्रकरण नं. ६५) (२) पोल गरेको आधारमा शंकासम्म गरेको पाइन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4430वि.सं. २०४८विशेष इजलास

नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८(२) बमोजिम आदेश जारी गरी पाउँ

(१) सार्वजनिक हक वा सरोकारको विवाद भन्नाले कुनै खास व्यक्ति वा व्यक्तिहरुको व्यक्तिगत हक वा सरोकारमा मात्र सीमित भएको विवाद नभएर नेपाल अधिराज्यको सर्वसाधारण जनता वा कुनै जनसमुदायको सामूहिक हक वा सरोकारसंग सम्बन्धित भएको विवादको बोध हुन्छ, कुनै विवाद सार्वजनिक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4429वि.सं. २०४८संयुक्त इजलास

कर्तव्य ज्यान

(१) जघन्य अपराध भरसक्य लुकेरै गर्ने हुँदा चश्मदिद गवाह नहुनुलाई अस्वभाविक मान्न सकिदैन र शव परीक्षण हुँदा लास सडी गली सकेकोले कारण नखुले पनि लासको लुगा आदि विवरण तथा प्रहरीको साविती अन्य सबूदबाट समर्थित भएको अवस्था देखिएबाट अपराध र अपराधी प्रमाणित हुने । (प्रक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4428वि.सं. २०४८संयुक्त इजलास

परमादेश

(१) यदि कसैले कुनै कारणवश बढी रकम जमानत बापत राख्दछ भने त्यतिकैले निजको बोलपत्र सम्बन्धी कारवाहीलाई अनियमित मानिदैन र निजले काम प्रारम्भ गरेको अवस्थामा बढी राखिएको रकम निजको हिसाबमा मिलान गरिदैन वा फिर्ता हुँदैन भन्न नसकिने । (प्रकरण नं. ७) (२) कानुनले राख्नुप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4427वि.सं. २०४८संयुक्त इजलास

जग्गा दर्ता बदर

(१) तत्काल प्रचलित ऐनले नालिस गर्ने हदम्याद नाघीसकेको कुरामा ऐनमा भएको संशोधनबाट सुविधा प्रदान गर्दछ भन्न कानुन व्याख्या सम्बन्धी ऐनले नमिल्ने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4426वि.सं. २०४८संयुक्त इजलास

कर्तव्य ज्यान

(१) प्रतिवादीको उमेर २१ वर्षको युवा महिलालाई सामाजिक लान्छनाबाट बच्नु पर्ने बाध्यताले गर्दा अवान्छित कार्यमा संलग्न हुन वा कुनै प्रलोभनबाट बाध्य हुन पर्ने अवस्था समेत हुँदा निजलाई कानुन बमोजिम सर्वश्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्ने देखिँदा अ.बं.१८८ नं.…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4425वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण

(१) मोल वा उब्जा घटाउने कार्य मोहीबाट भएको अवस्थामा ऐ.ऐनको दफा २९ (२) अन्तर्गत नालेस लाग्न सक्ने भिन्दै प्रावधान रहेको अवस्थामा छुट्टै नालिस लाग्न सक्ने मुद्दा सम्बन्धी कारणलाई प्रस्तुत मुद्दामा आधार बनाइनु उचित एवं तर्कसंगत मान्न नसकिने । (प्रकरण नं. ७) (२) फ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4423वि.सं. २०४८संयुक्त इजलास

उत्प्रेषण

(१) प्राधिकरणको नियम अनुसार रिपन्च भएको रिडिङ सिल राखिरहन पनि नहुने र रिसिल गर्दा पहिले देखि नै तोकिई रहेको सेवा शुल्क लिएको देखिँदा मनोमानी जरीवाना भन्न सकिने अवस्था पनि नभएबाट रिटनिवेदन खारेज हुने । (प्रकरण नं. १०)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4422वि.सं. २०४८संयुक्त इजलास

बकसपत्र बदर

(१) वादीहरुको उमेर १७ वर्ष ७ वर्ष र ५ वर्ष लेखिएको देखिँदा मुलुकी ऐन अंशबण्डको महलको १९(१) नं. अनुसार निजहरुको मन्जूरी लिनु पर्ने अवस्था देखिन आएन । (प्रकरण नं. १२)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4421वि.सं. २०४८संयुक्त इजलास

ट्रक चोरी

(१) ट्रक चोरी गर्ने मनसायले लिई भागी गएको भए सो ट्रक कतै लगी लुकाई राख्नु पर्नेमा जुनसुकै अवस्थामा पनि समातिन सक्ने बाटोमा चलाई राख्नु नपर्ने, यसबाट उक्त ट्रक निजले चोरी गरी लिई गएको हो भनी भन्न सक्ने अवस्था रहेन, यस्तो अवस्थामा प्र्रस्तुत वारदातलाई चोरीको १ न…

नजिर सार पढ्नुहोस् →