नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4444 · वि.सं. २०४८
नि.नं. 4444 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) करार बमोजिमको शर्त पूरा गरी सकेपछि वा कुनै कारणले धरौटी राख्ने व्यक्तिलाई नै फिर्ता दिनु पर्ने अवस्थामा धरौटी फिर्ता गर्ने सूचना प्रकाशित गर्दा पनि निज नआएकोले जफत गरिएको भन्नु र करार जीवन्त वा वहाल रहेको अवस्थामा शर्त बमोजिम नगरेको भनी धरौट जफत गर्नु बेग्ला बेग्लै अवस्था र स्थितिको कुरा हो । धरौटी फिर्ता दिने गरी सूचना प्रकाशित गरी सकेपछि त्यस्तो धरौटी रकम करार भन्दा बाहिरको विषयवस्तु हुन आउने र सो धरौटीको रकम करारको दायित्वबाट अलग र स्वतन्त्र हुने । (प्रकरण नं. २२) (२) करारका पक्षहरुले आफ्नो आवश्यकता अनुकूल कानुनद्वारा निषेध नगरिएको शर्त बन्देजहरु राखी पारस्परिक हक दायित्वको श्रृजना गर्ने भएकोले करारद्वारा श्रृजित हक दायित्वलाई संवैधानिक एवं कानुनी हक दायित्वको स्तरमा राख्न मिल्दैन, संवैधानिक एवं कानुनी हक अधिकारको प्रचलनको लागि रहेको यस अदालतको असाधारण अधिकार क्षेत्रको प्रयोग करारका पक्षद्वारा श्रृजित हक अधिकारको प्रचलनको लागि हुन नसक्ने । (प्रकरण नं. २३) (३) कुनै गम्भीर स्थितिमा अथवा घोर अन्याय हुन जाने अवस्थामा बाहेक बैंकद्वारा दिएको परफरमेन्स बण्ड वा बैंकमा खोलिएको अपरिवर्तनीय प्रतितपत्र जस्ता विषयवस्तु उपर अन्तर्राष्ट्रिय व्यापारमा सर्वमान्य विश्वास डगाउने कुरा न्यायिक निकायबाट समेत हुनु हुन्न । (प्रकरण नं. २४) (साविक पेज नं. ८९१) (४) प्रस्तुत करारको सम्बन्धमा कुनै विवाद उठेमा सो को निर्णय मध्यस्थताबाट हुने भन्ने सम्झौतामा उल्लेख गरेकोबाट यस्तो विषयमा करार ऐनको अधिकार क्षेत्रभित्र पर्ने contractual obligation र Liabilities को कुरा हो । त्यसलाई कानुनी वा सम्वैधानिक हकाधिकार भन्न नमिल्ने । (प्रकरण नं. २५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4444 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2048/12/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४८, नि.नं. 4444 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
