नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4436 · वि.सं. २०४८

नि.नं. 4436 — कपाली साँवा ब्याज समेत दिलाई पाउँ भन्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) दृष्टिबन्धकी लेखिएको लिखत पारीत नहुने ठहर भई थैली कपाली भएको कारणबाट लेनदेन व्यवहारको ३ नं. आकृष्ट हुने स्थिति नरहने । (प्रकरण नं. १३) (२) कुनै लेनदेनको लिखत पारीत हुन नसकी परिणामतः कपाली हुन गएको लिखतका सम्बन्धमा लेनदेन व्यवहारको महलमा अन्यत्र कतै छुट्टै हदम्याद निर्धारण भएको नदेखिएकोले त्यस्तो लिखतको सम्बन्धमा सोही लेनदेन व्यवहारको महलको ४० नं. को हदम्याद लाग्ने । (प्रकरण नं. १४) (३) वादी दावीको लिखत पारीत नहुने भई कपाली हुने गरी सर्वोच्च अदालतबाट अन्तिम फैसला भएको मितिले ३५ दिन भित्र कपालीमा साँवा व्याजको दावी लिई वादीको परेको फिराद लेनदेन व्यवहारको ४० नं. को हदम्याद २ वर्ष भित्रको हुँदा हदम्याद खिलाफको फिराद भन्न नमिल्ने । (प्रकरण नं. १४) (साविक पेज नं. ८५४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4436
मुद्दाको विषयकपाली साँवा ब्याज समेत दिलाई पाउँ भन्ने
निर्णय वर्ष / मिति2048/11/15
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री केशवप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4436
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्