नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4431 · वि.सं. २०४८

नि.नं. 4431 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) नाबालकले निजको बकाई अनुसार १२ जनाको हुलले घुस्सा मुक्काले हानेको भनेको अवस्था कुनै हल्ला खल्ला नगरी रुनु कराउनु केही नगरी त्यसै हेरिरहेको होला भनी सम्झन मिल्ने हुँदैन, सो बकाइलाई आधारमा लिन नमिल्ने । (प्रकरण नं. ६५) (२) पोल गरेको आधारमा शंकासम्म गरेको पाइन्छ, त्यस्तो शंकाको भरमा अपराधी ठहराउन फौजदारी न्याय सिद्धान्तले नमिल्ने । (प्रकरण नं. ६५) (३) आरोप लगाउँदैमा पर्याप्त हुँदैन सो आरोपको पुष्टि हुने आधार देखाउन सक्नु पर्ने । (प्रकरण नं. ६५) (४) केवल लेनदेन र कुलोपानीमा झगडा भएको तथा लगाएको लुगा नफुकाली लाश जलाएको, लाश हतार हतार गरी जलाएको, लाश जलाउँदा डरले कामेको आदि शंकास्पद आधारमा प्रतिवादीहरुलाई दोषी ठहर गर्न न्यायको दृष्टिले नमिल्ने । (प्रकरण नं. ६५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4431
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2048/10/14
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री लिलाप्रसाद गिरीको राय सदर गरेको सोही अदालतको तेश्रो इजलासका माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय मनासिब ठहर्छ । | माननीय न्यायाधीश श्री लिलाप्रसाद गिरीको राय सदर गरेको सोही अदालत तेश्रो इजलासका माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय मनासिब ठहर्छ ।
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4431
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्