सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ २५४ / ४४०

नि.नं. 4465वि.सं. २०४९पूर्ण इजलास

हक कायम निखनाई पाउँ

(१) भरमग्दुर कोशिस गर्दा हाल फेला परेको भन्ने बोली निवेदनमा नलेखिएको कारणबाट मात्र अ.बं. ७ को देहाय ५ उल्लेख गरी दिएको त्यस्तो महत्वपूर्ण प्रमाणलाई त्यसै तिरस्कार गर्न मिल्दैन, न्यायको लागि त्यस्तो प्रमाणहरु ग्राह्य हुन्छन्, अतः प्रतिउत्तरपत्रसाथ पेश नगरेको उक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4464वि.सं. २०४९पूर्ण इजलास

अंश नामसारी

(१) ठोस सबूद प्रमाणको अभावमा यी वादी प्रतिवादीका भाइकी श्रीमती हुन भनी भन्न सक्ने अवस्था नदेखिने । (प्रकरण नं. १४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4463वि.सं. २०४९पूर्ण इजलास

बन्दीप्रत्यक्षीकरण

(१) अधिकार क्षेत्रात्मक त्रुटिको आधारमा यस अदालतले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८ को उपधारा (२) अन्तर्गत मातहतका अदालतमा चलेको न्यायिक काम कारबाहीमा हस्तक्षेप गरी बन्दीलाई थुनाबाट मुक्त गर्नको लागि अधिकार क्षेत्रको त्रुटि शंकारहित रुपमा स्थापित हुनु…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4461वि.सं. २०४९संयुक्त इजलास

अंश

(१) तत्काल बहाल रहेको कानुनी व्यवस्था हेर्दा मुलुकी ऐन रजिष्ट्रेशनको ३(क) नं. मा २०००।७।१ पछिको हकमा मानु छुट्टिएको लिखत रजिष्ट्रेशन गर्नु पर्ने कानुनी बाध्यता रहेको पाइने । (प्रकरण नं. १२) (२) कानुनले रजिष्ट्रेशन पारीत हुनु पर्ने प्रतिवादीले पेश गरेको सो मानो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4460वि.सं. २०४९संयुक्त इजलास

उत्प्रेषण

(१) रिट निवेदकलाई जरिवाना मात्रको सजायँ भएको हुनाले मु.ऐ.दं.स. को ३८(२) नं. बमोजिम जरिवानाको कैद ठेक्नु पर्दा सो अपराधमा हुन सक्ने कैदको उपल्लो हदको आधा मात्र ठेक्नु पर्ने । (प्रकरण नं. ८)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4459वि.सं. २०४९संयुक्त इजलास

उत्प्रेषण

(१) प्रहरी ऐन, २०१२ बमोजिम प्रहरी सहायक निरीक्षकलाई नोकरीबाट हटाउने अधिकार प्रहरी महानिरीक्षकलाई भएको र प्रहरी नियमावली, २०३३ बमोजिम सो अधिकार प्रहरी नायव महानिरीक्षकलाई भई ऐन र नियमको व्यवस्था बाझिएको स्थितिमा ऐनको व्यवस्था नै मान्य हुने, कानुन व्याख्याको साम…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4458वि.सं. २०४९संयुक्त इजलास

कीर्ते जालसाज

(१) आफैंले आफ्नो सहिछाप लेखात्मक रेखात्मक आफ्नो भन्छ भने त्यस्तो लेखात्मक सहिछाप विशेषज्ञबाट जँचाई रहनु पर्ने स्थिति नहुने । (प्रकरण नं. १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 4457वि.सं. २०४९संयुक्त इजलास

परमादेश

(१) निवेदकले डडेलो नियन्त्रणको लागि सुझाव सहितको प्रतिवेदन साथ वन तथा भू–संरक्षण मन्त्रालयमा दिएको निवेदनमा कुनै कारवाही नभएबाट निवेदकको के कस्तो संवैधानिक तथा कानुनी हक हनन् हुन गएको छ ? निवेदनमा उल्लेख गर्न सकेको देखिँदैन, प्रस्तुत विषयवस्तुमा सार्वजनिक हक त…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4456वि.सं. २०४९पूर्ण इजलास

उत्प्रेषण

(१) विवादित जग्गाहरुमा तेस्रो व्यक्तिहरुको हक समेत आंशिक रुपमा सृजित भइसकेको एकातर्फ देखिएको छ भने अर्कोतर्फ प्रस्तुत रिटनिवेदन विवादित जग्गाहरुको लिलाम भएको मितिबाट करिब १९ वर्षपछि अनुचित विलम्ब गरी पर्न आएको देखिएकोले रिट जारी गर्ने गरेको निर्णय मिलेको नदेखि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4455वि.सं. २०४९विशेष इजलास

उत्प्रेषण

(१) प्रतिनिधिसभाको निर्वाचनमा ३% मत हासिल गर्न नसकेको दलको निर्वाचित प्रतिनिधि प्रतिनिधिसभामा स्वतन्त्र रुपमा रहेको मानिने कुरा कानुनी मान्यता सम्म हो यथार्थता होइन, जुन अवस्था र स्थितिमा स्वतन्त्र सदस्यको रुपमा रहेको मानिने कुरा संविधानले किटान गरेको छ सोही अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4454वि.सं. २०४९पूर्ण इजलास

बन्दीप्रत्यक्षीकरण

(१) कुनै कानुनले कुनै विषयवस्तुको सम्बन्धमा मुद्दा हेर्ने अधिकार यो निकाय वा अधिकारीलाई हुने भनी स्पष्ट किटान व्यवस्था भएको अवस्था तत् अधिकारी वा निकायले हेर्ने र सो बाहेक अरु अवस्थामा आफ्नो इलाका भित्रका सबै विषय वा मुद्दा मामिलाको शुरु कारवाही किनारा गर्ने अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4453वि.सं. २०४९पूर्ण इजलास

उत्प्रेषण

(१) निवेदकद्वारा आयातित गाडीको भन्सार प्रयोजनको लागि श्री ५ को सरकारद्वारा मूल्य निर्धारण नभएको स्थितिमा भन्सार विभागको महानिर्देशकले राजपत्रमा प्रकाशित सूचनाद्वारा प्राप्त अधिकारको प्रयोग गरी बील मूल्यमा १० प्रतिशत थप गरी भन्सार मूल्य कायम गरेको कार्यलाई गैरक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4452वि.सं. २०४९पूर्ण इजलास

उत्प्रेषण

(१) संधीसर्पणको विवादको साथै दर्ता बदर गर्नु पर्ने अथवा विवादित जग्गाको हक बेहक समेतको निपटारा गर्नु पर्ने अवस्था आई परेमा संधीसर्पण मुद्दा हेर्न पाउने अधिकार क्षेत्रसंगै हक बेहकमा वा दर्ता बदर गर्न पाउने अधिकार गा.पं. लाई ऐनले प्रदान गरेको नपाइने । (प्रकरण नं…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4451वि.सं. २०४९पूर्ण इजलास

लुटपिट

(१) तत्कालीन कब्जा वादीको रहेको धितो राखिएको सामानको सम्बन्धमा अ.बं. ८२ नं. अनुसार यी वादीलाई नालेश उजूर गर्ने हकदैया छैन भन्न नमिल्ने । (प्रकरण नं. १५) (२) प्रतिवादीले वादीले गोदाम गरी राखेको कोठाबाट चामल वादीको मन्जूरी बिना झिकी लगेमा स्वीकार गरेको, वादीका स…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4450वि.सं. २०४९पूर्ण इजलास

बन्दीप्रत्यक्षीकरण

(१) प्रहरीद्वारा गिरफ्तार गरी २४ घण्टा भित्र मुद्दा हेर्ने अधिकारी समक्ष उपस्थित नगराई थुनामा राख्ने कार्यलाई संविधान तथा कानुनसंगत भन्न नमिल्ने । (प्रकरण नं. १६) (२) संविधान तथा ऐन कानुनको मर्यादा र पालन गर्नु सबैको कर्तव्य हो भन्ने कुरामा विवाद हुन नसक्ने ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4449वि.सं. २०४९पूर्ण इजलास

उत्प्रेषण

(१) पहिले परेको निवेदनमा कारवाही हुँदा खारेज भइसकेको साविक कार्यविधि नै अवलम्बन गर्नु पर्छ भन्न मिल्ने देखिएन, कार्यविधि कानुनले हक अधिकारको सृजना गर्ने नभई कार्यविधि सम्म व्यवस्थित गर्ने भएकोले पहिले परी रहेको निवेदनमा पनि पछि संशोधित कार्यविधि अनुसार कारवाही…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4448वि.सं. २०४९पूर्ण इजलास

उत्प्रेषण

(१) मोहियानी हकको घर जग्गा एकपटक आफूले छोडपत्र गरी सकेपछि पुनः सोही घर जग्गाको मोहियानी हकमा रिट निवेदकले दावी गर्न सक्ने स्थिति नरहने । (प्रकरण नं. १३) (२) भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(क) को प्रतिबन्धात्मक वाक्यांशमा भएको व्यवस्था अनुसार पक्की घर सहितको मो…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4447वि.सं. २०४९पूर्ण इजलास

करार बमोजिम लिखत पास गरिपाउँ

(१) कुनै लिखत करार हो वा होइन भनी निष्कर्षमा पुग्न उक्त लिखतले दुई वा सो भन्दा बढी व्यक्तिहरु बीच कुनै काम गर्न वा नगर्नको लागि त्यसमा संलग्न पक्षहरुलाई बाध्य गराएको छ वा छैन र करारमा उल्लेख भए बमोजिमको काम गर्न दुवै पक्षको बीच सहमति (Meeting of the mind) भएको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4338वि.सं. २०४९संयुक्त इजलास

उत्प्रेषण समेत

(१) विवादित जग्गामा आफ्नो समेत हक लाग्ने भनी मालपोत कार्यालयमा उजूर गरेको देखिँदा त्यसरी आफ्नो हक छ भन्ने उजूरी मालपोत कार्यालयमा परेपछि निवेदक समेतलाई बुझी निर्णय गर्नु पर्ने हुन आउँछ । त्यसरी यी निवेदकलाई बुझी निर्णय गरेको भन्ने लिखितजवाफबाट समेत देखिँदैन ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4036वि.सं. २०४९संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

(१) औद्योगिक व्यवसाय ऐन अन्तर्गत सुविधा पाउने उद्योगले सोही मुताविकको आयात इजाजतपत्रबाट आफूलाई चाहिने औद्योगिक कच्चा पदार्थ आयात गरी कानुन बमोजिम पाउन सक्ने छूट सुविधा लिन सक्ने । (प्रकरण नं. १०) (२) व्यापारिक तात्पर्यका लागि निकालिएको सूचना अनुसार बोल कबोलको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4035वि.सं. २०४९पूर्ण इजलास

उत्प्रेषण

(१) सूचनालाई अर्को सूचनाले खारेज वा परिवर्तन नगरेसम्म सो बमोजिमको सुविधा पाउन सक्ने । (प्रकरण नं. ९) (२) कर सम्बन्धी विषयमा थप दायित्व लाग्ने गरी राजपत्रमा सूचना प्रकाशित गरिएको अवस्थामा जुन मितिमा राजपत्रमा सो सूचना प्रकाशित हुन्छ सोही मिति देखि क्रियाशील हुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4446वि.सं. २०४८एक न्यायाधीशको इजलास

उत्प्रेषण

(१) प्रधान न्यायाधीशको पदमा नियुक्त हुनु भइसकेपछि बहाल छुटिसकेको र पुनर्नियुक्त नभएको भन्ने प्रश्न उठ्न सक्ने नदेखिने । (प्रकरण नं. ७) (२) धारा १३० को उपधारा (१) बमोजिम कायम रहेका संवैधानिक निकाय (सर्वोच्च अदालत) मा कार्यरत संवैधानिक पदाधिकारीहरु (सर्वोच्च अदा…

नजिर सार पढ्नुहोस् →
नि.नं. 4445वि.सं. २०४८एक न्यायाधीशको इजलास

उत्प्रेषण

(१) सजायँ गर्ने विषयमा मुद्दा चलाउने वा नचलाउने अथवा सजायँ गर्ने नगर्ने बारेमा यस क्षेत्रबाट यसै गर्नु भनी बाध्य गराउनु नमिल्ने । (प्रकरण नं. ४)

नजिर सार पढ्नुहोस् →