नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4451 · वि.सं. २०४९
नि.नं. 4451 — लुटपिट
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) तत्कालीन कब्जा वादीको रहेको धितो राखिएको सामानको सम्बन्धमा अ.बं. ८२ नं. अनुसार यी वादीलाई नालेश उजूर गर्ने हकदैया छैन भन्न नमिल्ने । (प्रकरण नं. १५) (२) प्रतिवादीले वादीले गोदाम गरी राखेको कोठाबाट चामल वादीको मन्जूरी बिना झिकी लगेमा स्वीकार गरेको, वादीका साक्षीहरुले लुटी लगेको भनी प्रष्ट रुपमा किटानी बकपत्र गरी दिएको र गोदाम रक्षकले पनि गोदाम सार्न लाग्दा जबरजस्ती चामल लुटी लगेको भनी किटान बयान गरी दिएको समेत आधार प्रमाणबाट प्रतिवादीले लुटपीट गरेको देखिँदा वादी दावी बमोजिम प्रतिवादी समेतले लुटपीट गरेको ठहर्याएको इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4451 |
|---|---|
| मुद्दाको विषय | लुटपिट |
| निर्णय वर्ष / मिति | 2048/12/18 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4451 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
