(१) खानतलासी लिंदा कम्तीमा “दुईजना स्थानीय पञ्चहरु साक्षी राखी” भन्ने कानुनको मकसद केवल एक पञ्च साक्षी राख्दैमा पूरा हुने भनी अर्थ गर्नु कानुन अनुकूल नहुने । (प्रकरण नं. २४) (२) कानुनको प्रयोग गर्दा कानुनी व्यवस्थाले लिएको निर्दिष्ट उद्देश्यको परिपूर्ति भएको छ…
(१) मार्ने उद्देश्यले आएका प्रतिवादीहरुको साथ लागी घटनास्थलमा उपस्थित भई वारदातमा संलग्न भएको प्रष्ट देखिएको स्थितिमा मार्ने मनसाय थिएन भन्ने पुनरावेदन जिकिर पुग्न सक्ने देखिएन, पुनरावेदक प्रतिवादीलाई जन्मकैदको सजायँ गर्ने गरेको इन्साफ मिलेकै देखिँदा मनासिब ठह…
(१) समितिलाई कुत ठेक्ने अधिकार नभएको सो कुत ठेक्ने अधिकार भू.सु.अ. लाई सुम्पेको देखिँदा प्रत्यर्थी भू.सु.अ. ले स्थानीय समितिको कुत निर्धारणलाई बदर गर्नु पर्नेमा सदर गरी गरेको भू.सु.अ. को निर्णय त्रुटिपूर्ण देखिने । (प्रकरण नं. १३) (२) अधिकार क्षेत्रको कुरा पक्…
(१) निवेदिकाको लोग्नेको मृत्यु भइसकेको थियो वा निज जीवित थिए भन्ने तथ्यको जाँचबुझ गरी सबूद प्रमाण बुझ्ने प्रकृया रिट उपचारबाट सम्पन्न गर्न प्राविधिक बाधा पर्ने । (प्रकरण नं. ८)
(१) अ.बं. १८८ नं. को व्यवस्थाले अन्तिम निर्णय गर्ने निकायलाई मात्र अपराध गरेको अवस्थाको विचार गरी घटी सजायँ गर्न स्वविवेकीय अधिकार प्रदान गरेको देखिने । (प्रकरण नं. ८) (२) स्वविवेकीय अधिकार प्रयोग गरी राय ठीक छ छैन सो को जाँचको लागि पुनरावेदन गर्ने अदालतमा प्र…
(१) दण्ड सजायँको ४३ नं. को व्यवस्थाबाट पुनरावेदन लाग्ने मुद्दामा पुनरावेदनको म्याद सम्म चलन चलाउने तर्फ पर्खनु पर्ने हो तर निवेदकले उल्लेख गरेको घरबाट उठाई चलन पाउँ भन्ने मुद्दा स.अ. पुनरावेदन तहबाट हेरिने होइन मुद्दा दोहराउने प्रकृया बेग्लै हो, पुनरावेदन होइन…
(१) जग्गामा नै विवाद परी विचाराधीन रहेको मुद्दाबाट नै निर्णय हुन सक्ने अवस्था देखिन आउँदा डिमार्केशन लगाउने सम्बन्धमा सूचना प्रकाशित भए प्रचलित कानुनमा उपचारको व्यवस्था भई राखेको देखिन आएकोले निषेधाज्ञाको निवेदन खारेज गर्ने गरेको फैसला मनासिब ठहर्ने । (प्रकरण…
(१) सवारी ऐन, २०२० दफा २ को खण्ड (छ) र (क) को उपखण्ड (झ) मा गरिएको परिभाषाले “मोटर” भन्नाले ट्याक्टर भन्ने पनि देखिने । (प्रकरण नं. १५) (२) अभियोग पत्रबाट प्रतिवादी उपर सवारी ऐन, २०२० को दफा ५१(१) को प्रष्ट किटान अभियोग नलगाई ज्या.सं.को १३(३) को अभियोग लगाइएको…
(१) झोरा क्षेत्रको जग्गा सम्बन्धी ऐन, २०२८ को दफा ३(१) हेर्दा यो ऐन प्रारम्भ भएको झोरा क्षेत्रको जग्गामा जग्गावालाको आफै खेती गरिआएको नभई रैतीले कमाई आएको जग्गाको सम्बन्धमा त्यस्तो जग्गावालाको सबै किसिमको हक र अधिकार समाप्त हुने छ भन्ने कानुनी प्रावधान रहेको प…
(१) आफ्नो कानुनी हकको प्रचलनको लागि कानुनी प्रकृया नअपनाई कानुनी प्रकृया बाहेकको काम कारवाई वा मरमोलाहिजामा लागेको समयलाई न्यायिक रुपले क्रियाशील समय भन्न नमिल्ने । (प्रकरण नं. २०)
(१) थुनामा राख्ने आदेश गर्दा प्रतिवादीले हङकङमा सजायँ पाई सो सजायँ भोगी छुटी आउँदा पक्राउ परेको भनी हङकङमा सजायँ पाएको कुरा स्वीकार गरी अदालतमा समेत बयान गरेको समेतका तत्काल प्राप्त प्रमाणको आधारमा थुनामा राखेको देखिँदा सो थुनालाई गैरकानुनी मान्न नमिल्ने । (प्…
(१) राजीनामा प्राप्त भएको दुई नमूनाको लागि प्राप्त भएको राजीनामाको हस्ताक्षर आपसमा भिडाई जाँच गर्दा सही नक्कल गरी गरेको हुँदा नमूनासँग नभिड्ने भनी सोही रायलाई समर्थन गरी बकपत्र समेत गरेको पाइन्छ । अतः पुनरावेदक प्रतिवादीले तात्कालिन न.पं. कार्यालयमा दिएको निवे…
(१) अनुसन्धान भनेको कथित अपराध सम्बन्धी खास खास कुरामा बुझ्ने, प्रमाण संकलन गर्ने कुरा हो । (प्रकरण नं. १०) (२) अनुसन्धानका लागि अनिश्चितकालसम्म तारिखमा राख्ने भन्ने भ्रष्टाचार निवारण ऐन, २०१७ को उद्देश्य होइन । तसर्थः यो आदेश प्राप्त भएका मितिले ३० दिनभित्रमा…
(१) रिट निवेदकको मुलतवी राख्नु पर्ने भन्ने माग दावी बमोजिम अञ्चल अदालतमा रहेको फैसला बदर मुद्दाको अन्तिम किनारा लागेपछि यो अंशबण्डाको फैसला कार्यान्वयन सम्बन्धमा कारवाही गर्ने गरी अ.बं. १२ नं. बमोजिम मुलतवी राख्ने आदेश भइसकेको र सो सम्बन्धमा त्यसपछि कुनै डोर ख…
(१) प्रतिवादीको पुनरावेदनमा मात्र सीमित भई क्षे.अ. ले निर्णय गरेको मिलेकै हुँदा प्रतिवेदन माग अनुसार घर जफत हुनु पर्ने भन्ने अनुमति तहमा मात्र जिकिर लिई लगाउको कारणले सम्म अनुमति प्राप्त गरेको देखिँदा वादी श्री ५ को सरकारको पुनरावेदन जिकिरतर्फ विचार गरी रहन नप…
(१) टेलिफोन सेवा उपलब्ध गराउने कुरा माग र आपूर्ति सिद्धान्त अनुसार सेवा वितरणको आधार पनि स्थान स्थानमा फरक फरक हुने हुँदा संस्थानले नै विचार गरी गर्नु पर्ने हुँदा नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ११ को समानताको हक भित्र यो पर्दैन समानताको सिद्धान्त यसमा…
(१) लास प्रकृति मुचुल्का, सरजमीन साक्षीहरुको बकपत्र समेतबाट प्रतिवादीको प्रहरीमा भएको साविती बयान तथा सहअभियुक्तको पोल समर्थित हुन आएको हुँदा ज्यानसम्बन्धीको १३(३) नं. बमोजिम जन्म कैद हुने ठहराएको निर्णय मिलेकै देखिँदा मनासिब ठहर्ने । (प्रकरण नं. २९)
(१) जिउनी पनि एक किसिमको अंश नै हो । (प्रकरण नं. १३) (२) जिउनी पनि अंश जस्तै व्यक्तिको नैसर्गिक अधिकार भएको हुँदा बण्डापत्रमा कुनै शर्त रहेको छ भन्ने आधारमा मात्र उक्त नैसर्गिक अधिकार अन्तर्गत प्र्राप्त गरेको सम्पत्ति आफ्नो खुशीले उपभोग गर्नबाट रोक्न नमिल्ने ।…
(१) उद्योगको प्रारम्भिक स्थापना कालमा सर्वसाधारण जनताको सुविधा र आर्थिक हितको लागि औद्योगिक व्यवसायलाई सुविधा दिई उद्योगमा निजी पूँजीको लगानीलाई खास तवरले बढ्ता प्रोत्साहन दिने औद्योगिक नीतिको उद्देश्य रहेको हुन्छ, अन्तःशुल्कको सुविधा सहुलियत तथा संरक्षणको तात…
(१) राहदानीमा वादीलाई आफ्नो बाबुको छोरा भनी सहिछाप गरी प्रकाश गर्दाका अवस्थामा बाबु जीवित रहेको छ यो वादी निजको छोरा नभए उजूर गरी सो तथ्यलाई बदर गराउन सक्नु पर्ने थियो, तर त्यस बखत कुनै उजूर नभएकोले आफू जीवित रहँदैका अवस्थामा सो तथ्यलाई स्वीकार गरी बसी यो वादी…
(१) भाग शान्ति भोग पनि अंश बण्डाको ३५ नं. प्रयोजनार्थ भोग गरेको प्रमाणित हुनु पर्ने । (प्रकरण नं. २०) (२) दावी बेग्लै र अंशियारहरुको भनाई बेग्लै देखिँदा बुझिएको अंशियारहरुको कुरालाई भर गर्ने स्थिति छैन । (प्रकरण नं. २०) (३) घर जग्गा वादी समेतको हक लाग्ने भए प्…