नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4466 · वि.सं. २०४९
नि.नं. 4466 — अबण्डा अंश छुट्याई पाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) भाग शान्ति भोग पनि अंश बण्डाको ३५ नं. प्रयोजनार्थ भोग गरेको प्रमाणित हुनु पर्ने । (प्रकरण नं. २०) (२) दावी बेग्लै र अंशियारहरुको भनाई बेग्लै देखिँदा बुझिएको अंशियारहरुको कुरालाई भर गर्ने स्थिति छैन । (प्रकरण नं. २०) (३) घर जग्गा वादी समेतको हक लाग्ने भए प्रतिवादीका नाममा नक्सा पास गर्दा र घर बनाउँदाको अवस्था उजूर गर्न सक्नु पर्ने । (प्रकरण नं. २०) (४) विवादको घरमा बसेको नाताबाट भाग शान्ति भोग गरेको भनी पाँच भागको एक भाग अंश पाउँ भन्ने वादीले गरेको दावी न्यायको दृष्टिमा कानुनसंगत नदेखिने । (प्रकरण नं. २०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4466 |
|---|---|
| मुद्दाको विषय | अबण्डा अंश छुट्याई पाउँ |
| निर्णय वर्ष / मिति | 2049/02/22 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भएको सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४५।२।२३ गतेको फैसला । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय सदर हुनु पर्दछ | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय सदर हुनुपर्दछ भन्ने र अर्का विद्वान अधिवक्ता श्री गुरुप्रसाद बरालले अघि नै अंशबण्डा भइसकेको छ । सो कुरा वादीले स्वीकार गरेको छ । दपोटमा वादीले दावी लिई फिराद गर्न सकेको छैन । वादी दावीको घर जग्गा अबण्डा भित्र पर्दैन तसर्थ वादी दावी नपुग्ने गरेको माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय सदर हुनुपर्दछ भन्ने समेत बहस गर्नु भयो । | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय मनासिब ठहर्छ । वादीको पुनरावेदन जिकिर पुग्न सक्दैन । अरु तपसील बमोजिम गर्नु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4466 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
