नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4468 · वि.सं. २०४९

नि.नं. 4468 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) उद्योगको प्रारम्भिक स्थापना कालमा सर्वसाधारण जनताको सुविधा र आर्थिक हितको लागि औद्योगिक व्यवसायलाई सुविधा दिई उद्योगमा निजी पूँजीको लगानीलाई खास तवरले बढ्ता प्रोत्साहन दिने औद्योगिक नीतिको उद्देश्य रहेको हुन्छ, अन्तःशुल्कको सुविधा सहुलियत तथा संरक्षणको तात्पर्यको निम्ति सर्वप्रथम उत्पादन शुरु भएको मिति नै ग्राह्य हुने । (प्रकरण नं. १५) (२) औद्योगिक व्यसाय ऐन, २०१८ बमोजिम दर्ता भई सोही ऐनको दफा २ को खण्ड (क) अनुसार अवछिन्न उत्तराधिकारवाला कानुनी व्यक्ति भएको कम्पनी हुँदा सो कम्पनीको व्यवस्थापन तथा स्वामित्व परिवर्तन हुँदैमा कम्पनीको अस्तित्व नयाँ कायम हुन सक्ने हुँदैन । प्रचलित कानुनमा अन्तःशुल्कमा छुट सुविधा दिने व्यवस्था नभई अन्तःशुल्क छुट सुविधा पाउने भन्ने सिफारिशले मान्यता नपाउने । (प्रकरण नं. १६) (३) प्रस्तुत उद्योग औद्योगिक व्यवसाय ऐन, २०३० वा २०३८ अन्तर्गत स्थापित उद्योग नभई औद्योगिक व्यवसाय ऐन, २०१८ ले अन्तःशुल्कको छूट विषय व्यवस्था नै नगरेको अवस्था सोही ऐन अन्तर्गत दर्ता भएको उद्योगले मिति २०२५।११।१६ गते देखि उत्पादन शुरु गरेको देखिएपछि सो उद्योगलाई रिटनिवेदन जिकिर अनुसार औद्योगिक व्यवसाय ऐन, २०२८ को दफा १० को खण्ड (ग) को देहाय (२) बमोजिम नयाँ उद्योग सरह मानी अन्तःशुल्क छूट सुविधा प्रदान गर्न कानुनतः नमिल्ने । (प्रकरण नं. १८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4468
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2049/02/06
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ओमभक्त श्रेष्ठ | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4468
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्