नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4467 · वि.सं. २०४९
नि.नं. 4467 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) राहदानीमा वादीलाई आफ्नो बाबुको छोरा भनी सहिछाप गरी प्रकाश गर्दाका अवस्थामा बाबु जीवित रहेको छ यो वादी निजको छोरा नभए उजूर गरी सो तथ्यलाई बदर गराउन सक्नु पर्ने थियो, तर त्यस बखत कुनै उजूर नभएकोले आफू जीवित रहँदैका अवस्थामा सो तथ्यलाई स्वीकार गरी बसी यो वादीलाई आफ्नो छोरा भनी प्रकाशमा ल्याएको भन्नु पर्ने । (प्रकरण नं. २५) (२) कुनै जीवित छोरालाई नदेखाई बाबु र अन्य छोराले मानो छुटाउछन् एवं अंश गर्छन भने त्यस्तो जिउँदो छोरालाई त्यस्तो मानो छुट्टिएको एवं अंशबण्डाको लिखतमा नदेखिएको नाताबाट उस्को अंश हक लोप हुन्छ भन्न नमिल्ने । (प्रकरण न. २८) (३) जन्मको नाताबाट छोराले अंश पाउने कुरा हो, जन्म जीवित छोरालाई लोप गर्दैमा अंश हक लोप हुँदैन । (प्रकरण नं. २८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4467 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2049/02/08 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहज्यूको क्षेत्रीय अदालतको फैसला सदर गर्ने रायसंग सहमत हुन नसक्दा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय भएको सर्वोच्च अदालत संयुक्तइजलासको मिति २०४५।१०।५।४ को फैसला । | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंहको राय सदर हुनु पर्दछ | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय सदर हुनु पर्दछ | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय मनासिब ठहर्छ । प्रतिवादीहरुको पुनरावेदन जिकिर पुग्न सक्दैन । कोर्टफी लागेको मुद्दा हुँदा कसैलाई केही गर्नु परेन । मिसिल नियम बमोजिम गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4467 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
