नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4481 · वि.सं. २०४९

नि.नं. 4481 — ट्याक्टर दुर्घटनाबाट मरेको ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सवारी ऐन, २०२० दफा २ को खण्ड (छ) र (क) को उपखण्ड (झ) मा गरिएको परिभाषाले “मोटर” भन्नाले ट्याक्टर भन्ने पनि देखिने । (प्रकरण नं. १५) (२) अभियोग पत्रबाट प्रतिवादी उपर सवारी ऐन, २०२० को दफा ५१(१) को प्रष्ट किटान अभियोग नलगाई ज्या.सं.को १३(३) को अभियोग लगाइएको देखिन्छ दफा ५२(१)(क) को सजायँको माग लिंदैमा दफा ५१(१) को माग दावी रहेको भनी भन्ने ऐनको बनोटले नमिल्ने । (प्रकरण नं. १५) (३) सवारी ऐन, २०२० को दफा ५१ (१) क सवारी ऐनको अन्य दफाले हुने सजायँमा सजाय थप गर्ने व्यवस्था गरेकोसम्म देखिने । (प्रकरण नं. १५) (४) सवारी ऐन, २०२० को दफा ५१ (१) ले सवारी चलाई मानिस मर्दैमा ज्या.सं. १३(३) को अपराध भएको भनी मानिहाल्ने अवस्था नहुने । (प्रकरण नं. १५) (५) सवारी ऐन, २०२० को दफा ५१(१) ले मारौं भन्ने नियत लिई ट्याक्टर चलाएको र मानिस मरेको भन्न नसकिएको र प्रमाणबाट नदेखिएको अवस्थामा ज्या.सं. १३(३) को कसूर गरेको भन्न नमिल्ने । (प्रकरण नं. १५) (६) प्रतिवादीले प्रहरीको बयान बमोजिम ट्याक्टर चलाई लगेको भए पनि आफूले गरेको कामले मानिस मर्ला भन्ने जस्तो नदेखिई लग्दा ढेबलीमा ठोकी ठक्कर लागी गाडीको अगाडि भागको दाहिने चक्काले मृतकलाई लाग्न गई मर्न गएको भवितव्य परी मर्न गएको देखिने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4481
मुद्दाको विषयट्याक्टर दुर्घटनाबाट मरेको ज्यान
निर्णय वर्ष / मिति2049/02/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री मोहनप्रसाद शर्मा | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझी
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4481
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्