नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4489 · वि.सं. २०४९

नि.नं. 4489 — विदेशी मुद्रा अवैध कारोबार

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) खानतलासी लिंदा कम्तीमा “दुईजना स्थानीय पञ्चहरु साक्षी राखी” भन्ने कानुनको मकसद केवल एक पञ्च साक्षी राख्दैमा पूरा हुने भनी अर्थ गर्नु कानुन अनुकूल नहुने । (प्रकरण नं. २४) (२) कानुनको प्रयोग गर्दा कानुनी व्यवस्थाले लिएको निर्दिष्ट उद्देश्यको परिपूर्ति भएको छ की छैन भनेर न्यायकर्ताले ख्याल राख्नु पर्ने । (प्रकरण नं. २५) (३) कानुनमा उल्लेखित कुनै पनि कार्य विधिगत प्रावधानको प्रयोग गर्दा कानुन बमोजिम नै गरिनु पर्ने । (प्रकरण नं. २५) (४) कानुन अनुकूल नभएको कुनै पनि प्रमाण कागजातले निर्विवाद प्रमाणको भूमिका निर्वाह गर्न नसक्ने । (प्रकरण नं. २६) (५) कानुन अनुकूल नभएको बरामदी मुचुल्काको आधारबाट आरोपित कसूरमा दोषी ठहर गर्नु कानुनसंगत नहुने । (प्रकरण नं. २७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4489
मुद्दाको विषयविदेशी मुद्रा अवैध कारोबार
निर्णय वर्ष / मिति2049/03/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गोविन्द्रबहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4489
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्