नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4484 · वि.सं. २०४९
नि.नं. 4484 — बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) अ.बं. १८८ नं. को व्यवस्थाले अन्तिम निर्णय गर्ने निकायलाई मात्र अपराध गरेको अवस्थाको विचार गरी घटी सजायँ गर्न स्वविवेकीय अधिकार प्रदान गरेको देखिने । (प्रकरण नं. ८) (२) स्वविवेकीय अधिकार प्रयोग गरी राय ठीक छ छैन सो को जाँचको लागि पुनरावेदन गर्ने अदालतमा प्रस्तुत गरिएको रायलाई अ.बं. १८६ नं. को साधक जाहेरीको व्यवस्था भित्र रहेको भनी समाहित गर्न नमिल्ने । (प्रकरण नं. ८) (३) अ.बं. १८६ नं. को आफ्नो छुट्टै अस्तित्व रहेको छ र यसलाई न्याय प्रशासन ऐन, ०४८ को दफा १०.(१) तथा २ ले आफ्नो क्षेत्राधिकारको सीमांकन गरेको छ तर उक्त अ.बं. १८८ नं. मा अन्तिम निर्णय गर्ने न्यायिक निकायलाई मात्र अपराधको अवस्था विचार गरी सजायँमा कम गर्न सक्ने अधिकार दिएको देखिने । (प्रकरण नं. ८) (४) अ.बं. १८८ नं. बमोजिम लगाइएको रायलाई साधकको रुपमा जाहेर गर्नुपर्ने भन्ने छैन अ.बं. १८८ नं. ले ऐनले गर्नुपर्ने सजायँ ठहर्याएर मात्र घटी सजायँको लागि राय जाहेर गर्ने व्यवस्था भएको घटी सजायँ गर्ने राय ऐनले गर्नुपर्ने सजायँ होइन सजायँको अन्तिम निकासा दिने न्यायिक निकायले गरेको राय समर्थन वा रायबाट कायम हुन आएको सजायँ नै त्यस्ता व्यक्ति जसको हकमा राय लगाई सजायँ कम गरिएको छ, भुक्तान गर्नु पर्ने । (प्रकरण नं. ८) (५) साधक जाहेर गर्ने कुरा र राय जाहेर गर्ने कुरा अलग अलग विषय हो भन्ने उक्त अ.बं. १८६ तथा १८८ बाट प्रष्ट देखिने । (प्रकरण नं. ८) (६) बन्दीप्रत्यक्षीकरणको रिटबाट कानुन बमोजिम थुनामा राखेको छ छैन भन्ने नै मुख्य हेर्नुपर्ने विषय हुँदा उपरोक्त बमोजिम जन्मकैदको सजायँ गरी २ वर्ष राय लगाएकै कारणबाट र उक्त २ वर्ष अवधि भुक्तान भइसकेको कारणबाट रिट निवेदिकालाई बढी कैदमा राखेको देखिन नआई कानुन अनुरुप नै थुनामा रहेको देखिएकोले प्रस्तुत रिटनिवेदनमा प्रत्यर्थीहरुबाट लिखितजवाफ मगाई रहनु नपर्ने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4484 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2049/01/30 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री केशबप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4484 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
