नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4476 · वि.सं. २०४९
नि.नं. 4476 — कीर्ते जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) राजीनामा प्राप्त भएको दुई नमूनाको लागि प्राप्त भएको राजीनामाको हस्ताक्षर आपसमा भिडाई जाँच गर्दा सही नक्कल गरी गरेको हुँदा नमूनासँग नभिड्ने भनी सोही रायलाई समर्थन गरी बकपत्र समेत गरेको पाइन्छ । अतः पुनरावेदक प्रतिवादीले तात्कालिन न.पं. कार्यालयमा दिएको निवेदनमा विवादित जग्गा भोगबन्धीमा खाएको भन्ने तथ्य एवं मिति २०२५।१।२५ को चलन पूर्जी सम्बन्धमा रेखा तथा लेखा विशेषज्ञको लेखक कारणीको सही असमान रहेको भन्ने समेत आधार प्रमाणबाट २०२५।१।२५ को चलन पूर्जी जालसाज गरी खडा भएको भन्ने देखिने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 4476 |
|---|---|
| मुद्दाको विषय | कीर्ते जालसाजी |
| निर्णय वर्ष / मिति | 2049/02/32 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री केशबप्रसाद उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४९, नि.नं. 4476 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
