नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4463 · वि.सं. २०४९

नि.नं. 4463 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अधिकार क्षेत्रात्मक त्रुटिको आधारमा यस अदालतले नेपाल अधिराज्यको संविधान, २०४७ को धारा ८८ को उपधारा (२) अन्तर्गत मातहतका अदालतमा चलेको न्यायिक काम कारबाहीमा हस्तक्षेप गरी बन्दीलाई थुनाबाट मुक्त गर्नको लागि अधिकार क्षेत्रको त्रुटि शंकारहित रुपमा स्थापित हुनु आवश्यक छ । (प्रकरण नं. ११) (२) कीर्ते सम्बन्धी काम कुरा कसबाट कहाँ भए गरेको हो भन्ने तथ्य जिल्ला अदालतमा दायर रहेको मुद्दाबाटै निर्णय हुने र सबूद प्रमाणको आधारमा त्यस्तो अधिकार क्षेत्रात्मक तथ्य (Vestative fact) को विधिवत् निर्णय नभएसम्म केवल निवेदकको भनाइको आधारमा मात्र अपराध सम्बन्धी काम कुराहरु भारतमा भएको हो भन्ने अनुमान गरी जिल्ला अदालतको काम कारबाहीलाई अधिकार क्षेत्र विहीन ठहराउन नमिल्ने । (प्रकरण नं. ११) (३) कानुनद्वारा व्यवस्थित अन्य न्यायिक प्रक्रियाहरु निरर्थक हुने गरी सोझै यस अदालतले आफ्नो असाधारण अधिकार क्षेत्रको प्रयोग गर्न र निवेदकको विरुद्ध चलेको राहदानीमा लागेको भिसा र सरकारी छाप कीर्ते सम्बन्धी मुद्दामा जिल्ला अदालतले कानुन बमोजिम गर्नु पर्ने काम कारबाही र निर्णयमा समेत असर पर्ने गरी कुनै आदेश दिन नमिल्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4463
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2049/01/04
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय रहेछ । | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय रहेछ । | माननीय न्यायाधीश श्री कृष्णजंग रायमाझीको राय मनासिब छ । बन्दीहरु विदेशी नागरिक भएका र जिल्ला अदालतमा निजहरुका विरुद्ध चलेको मुद्दामा करिब दश महीना पूर्पक्षकै लागि निजहरुलाई थुनामा राखी सकेको देखिएको र पूर्पक्षको लागि अभियुक्तहरुलाई थुनामा राखेको मुद्दामा यस्तो ढिलाई वान्छनीय नभएकोले यो मुद्दालाई अग्राधिकार दिई प्रतिलिपि प्राप्त भएको मितिले एक महिना भित्र किनारा गर्नु भनी काठमाडौं जिल्ला अदालतका नाममा आदेश दिने ठहर्छ । यो आदेश कार्यान्वित गर्न यसको एकप्रति प्रतिलिपि काठमाडौं जिल्ला अदालतमा पठाई मिसिल नियम बमोजिम गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4463
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्