नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4465 · वि.सं. २०४९

नि.नं. 4465 — हक कायम निखनाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) भरमग्दुर कोशिस गर्दा हाल फेला परेको भन्ने बोली निवेदनमा नलेखिएको कारणबाट मात्र अ.बं. ७ को देहाय ५ उल्लेख गरी दिएको त्यस्तो महत्वपूर्ण प्रमाणलाई त्यसै तिरस्कार गर्न मिल्दैन, न्यायको लागि त्यस्तो प्रमाणहरु ग्राह्य हुन्छन्, अतः प्रतिउत्तरपत्रसाथ पेश नगरेको उक्त प्रमाण लिन मिल्दैन भन्ने निवेदक वादी तर्फका विद्धान अधिवक्ताको बहससंग सहमत हुन नसकिने । (प्रकरण नं. १९) (२) अदालतबाट भएको फैसला र सो फैसला अनुसार रजिष्ट्रेशन पारीत भई राखेको लिखतहरु आफ्नु जानकारीमा आएपछि असर पर्नेले कानुनी उपचारको बाटो खोज्नु पर्छ । अदालतलाई त्यस्तो फैसला एवं त्यस्तो पारीत लिखतहरु सद्दे कीर्तेमा सुनाई रहनु पर्ने वाध्यता छैन । मौकामा नै अदालत समक्ष पेश भएको प्रमाणहरुको लेखाजोखा भई अदालतबाट फैसला भएको अवस्थामा त्यस्तो प्रमाण हाल मात्र निवेदकको जानकारीमा आएको मानी अ.बं. ७८ नं. बमोजिम सुनाउनु पर्ने अवस्था पर्दैन । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4465
मुद्दाको विषयहक कायम निखनाई पाउँ
निर्णय वर्ष / मिति2049/01/02
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री केदारनाथ उपाध्याय | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4465
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्