नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4447 · वि.सं. २०४९

नि.नं. 4447 — करार बमोजिम लिखत पास गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कुनै लिखत करार हो वा होइन भनी निष्कर्षमा पुग्न उक्त लिखतले दुई वा सो भन्दा बढी व्यक्तिहरु बीच कुनै काम गर्न वा नगर्नको लागि त्यसमा संलग्न पक्षहरुलाई बाध्य गराएको छ वा छैन र करारमा उल्लेख भए बमोजिमको काम गर्न दुवै पक्षको बीच सहमति (Meeting of the mind) भएको छ वा छैन हेर्नु पर्ने । (प्रकरण नं. १७) (२) करारको लिखतमा नै करारनामा भन्ने स्पष्ट रुपमा खुलाइएको हुनु पर्ने वा यो यस्तो ढाँचामा करार हुनु पर्ने भनी करार ऐनले किटानी व्यवस्था गरेको नहुँदा करार यस्तै ढाँचामा हुनु पर्ने भनी भन्न नमिल्ने । (प्रकरण नं. १७) (३) लिखतको प्रकृतिबाट दुवै पक्षले गर्नु पर्ने र गर्नु नपर्ने जस्ता बाध्यात्मक रुपमा परिपालना गर्नु पर्ने शर्तहरु उल्लेख गरी दुवै पक्षको सहमति समेत भएको देखिँदा करारको लागि चाहिने मूलभूत तत्वहरु सो लिखतमा विद्यमान रहेको देखिने । (प्रकरण नं. १७) (४) लिखतमा लेखिए बमोजिमको उपचारको माग गर्न सक्ने हुँदा लिखतमा लेखिए अनुसारको वैकल्पिक जिकिर लिएकोलाई अनिश्चित दावी भन्न नमिल्ने । (प्रकरण नं. १७) (५) निश्चित समयपछि लिखतमा लेखिएको घर जग्गा बिक्री गरी लिने दिने भन्ने शर्तमा करारीय सम्झौता सम्म भएको हुँदा उक्त लिखत बिक्रीको लिखत (Sale deed) नभई बिक्री गरी लिने दिने भन्ने कुराको मन्जूरी (Agreement to sale) को लिखत भएको प्रष्ट छ, यस्तो लिखतलाई रजिष्ट्रेशन गर्नु पर्ने बाध्यात्मक व्यवस्था रहे भएको नपाइने । (प्रकरण नं. १७) (६) विशिष्ट सम्पादनको उपचार प्रदान गर्न न्याय सद्विवेक र समन्यायको आधारमा अदालत सक्षम छ, यसर्थ कानुनले स्पष्ट र किटानी रुपमा यो अधिकारको व्यवस्था गरेको खण्डमा यो अधिकार अदालतलाई हुने नै भयो तर जहाँ स्पष्ट र किटानी रुपमा प्रचलित कानुनले व्यवस्था गरी राखेको नभएको अवस्था पनि समन्याय न्याय तथा सदविवेकको आधारमा अदालतले यो अधिकार प्रयोग गर्न सक्ने । (प्रकरण नं. १९) (७) प्रचलित नेपाल कानुन विरुद्ध नभएका करारीय दायित्व पूरा गर्न करारको प्रत्येक पक्षलाई बाध्य गराएको देखिन्छ अर्थात करारबाट उत्पन्न दायित्वबाट करारको कुनै पनि पक्ष उम्कन नसक्ने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4447
मुद्दाको विषयकरार बमोजिम लिखत पास गरिपाउँ
निर्णय वर्ष / मिति2046/12/02
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय भई मिति २०३९।६।२८ गतेमा रायबाझी फैसला भएको रहेछ । | माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंहको राय मनासिब ठहर्छ भन्ने समेत फुलबेञ्चको मिति २०४०।७।१८।३ को फैसला । | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह समेतको बहुमतको राय । | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको छुट्टै राय रहेछ । | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4447
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्