नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4453 · वि.सं. २०४९

नि.नं. 4453 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निवेदकद्वारा आयातित गाडीको भन्सार प्रयोजनको लागि श्री ५ को सरकारद्वारा मूल्य निर्धारण नभएको स्थितिमा भन्सार विभागको महानिर्देशकले राजपत्रमा प्रकाशित सूचनाद्वारा प्राप्त अधिकारको प्रयोग गरी बील मूल्यमा १० प्रतिशत थप गरी भन्सार मूल्य कायम गरेको कार्यलाई गैरकानुनी भन्न नमिल्ने । (प्रकरण नं. १०) (२) रिकण्डिशन गाडीहरुलाई उपयोग भइसकेको गाडी सम्झन मिल्ने वा नमिल्ने भन्ने कुराको हकमा पुरानो गाडीलाई रिकण्डिशन गर्दा अधिकांश भाग नयाँ जडान गरेर पनि रिकण्डिशन हुन सक्ने हुनाले यस्तो तथ्यलाई निरुपण गर्नु पर्ने कुरा रिट अधिकार क्षेत्रबाट गर्न नमिल्ने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4453
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2048/10/28
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय । | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमाको राय । | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाकाको राय मनासिब ठहर्छ फाइल नियम अनुसार गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4453
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्