नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4455 · वि.सं. २०४९

नि.नं. 4455 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रतिनिधिसभाको निर्वाचनमा ३% मत हासिल गर्न नसकेको दलको निर्वाचित प्रतिनिधि प्रतिनिधिसभामा स्वतन्त्र रुपमा रहेको मानिने कुरा कानुनी मान्यता सम्म हो यथार्थता होइन, जुन अवस्था र स्थितिमा स्वतन्त्र सदस्यको रुपमा रहेको मानिने कुरा संविधानले किटान गरेको छ सोही अवस्थामासम्म सीमित रहनु पर्ने हुन्छ निर्वाचन पूर्व उम्मेदवारी दाखिल गर्दा पनि स्वतन्त्र रहने भन्ने कुरा संविधानमा वा ऐन नियममा प्रष्ट रुपमा किटान नगरेसम्म त्यस्तो अर्थ गर्न नमिल्ने । (प्रकरण नं. १८) (२) निर्वाचनमा भाग लिन चाहनेलाई स्पष्ट कानुनी आधार बेगर रोक लगाउन नमिल्ने । (प्रकरण नं. १९) (३) निर्वाचन सम्बन्धी हक स्वेच्छामा निर्भर गर्ने प्रकृतिको हक हो । (प्रकरण नं. १९) (४) संविधानको कुनै धारा उपधारा वा खण्डको व्याख्या गर्दा कुनै धारा वा खण्ड निरर्थक हुने परिणामको व्याख्या गर्नु हुँदैन ३ प्रतिशत मत प्राप्त गर्ने र नगर्ने राजनैतिक दलहरुको बीचमा कुनै अन्तर नहुने परिणामको व्याख्या पनि युक्तिसंगत हुन आउँदैन । तसर्थ संविधानको ३ प्रतिशत मत ल्याउनु पर्ने दर्ता गर्दा पालन गर्नु पर्ने शर्तको व्याख्या गर्दा उपरोक्त अनुसार संविधानको मूल भावना विपरीत नहुने र सो धारा ११३(२) को खण्ड (घ) निरर्थक नहुने भई समीचीन हुन जाने । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4455
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2049/01/31
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री लक्ष्मणप्रसाद अर्याल
उद्धरण सन्दर्भने.का.प. २०४९, नि.नं. 4455
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्