नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4377 · वि.सं. २०४८

नि.नं. 4377 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कुटपिट गरेबाट सोही चोट पीरले मरेको भन्ने कुरा पुष्टि हुन आएको तर मृतकको मृत्यु यसैको चोटले वा यही चोटको कारणले भएको भन्ने कुरा खुल्न नआएको र प्रतिवादीहरु समेतले चोट छाडेको भन्ने देखिन आएबाट निजहरुको कुटपिटको कारण समेतबाट मृतकको मृत्यु भएको देखिएकोले प्रतिवादीहरुलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) बमोजिम जन्मकैदको सजायँ हुने ठहर्‍याएको इन्साफ मिलेकै देखिँदा सदर हुने । (प्रकरण नं. ३१) (२) प्रतिवादीहरुले कुटपिट गरी चोट छाडे पनि सांघातिक हतियारले प्रहार गरेको नदेखिएको र घातक प्रहार नभई सामान्य कुटपिट गर्दा मृतकको मृत्यु हुन गएको देखिएको (साविक पेज नं. ५७६) हुँदा निजहरुको चोटलाई विचार गर्दा प्रतिवादीहरुलाई जन्मकैदको सजायँ गर्दा चर्को पर्न जाने देखिएकोले निजहरुलाई मुलुकी ऐन अदालती बन्दोवस्तको १८८ नं. बमोजिम १० वर्ष कैद सजायँ हुने । (प्रकरण नं. ३१)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4377
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2048/09/11
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री गोविन्दबहादुर श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4377
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्