नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 4380 · वि.सं. २०४८

नि.नं. 4380 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) चस्मदिद व्यक्तिहरुको बकपत्र वारदात भएको एक वर्ष भन्दा पनि पछि भएको देखिएकोले त्यस्तो स्थितिमा शर्ट, पाइन्टको रंग कस्तो थियो भन्ने जस्ता सानातिना कुराहरु याद नहुन पनि सक्ने हुँदा जाहेरी दर्खास्त, जाहेरवालीको अदालतमा गरेको बकपत्र समेतबाट घटना हुँदा वारदात स्थलमा नरहेको भन्न मिल्ने स्थिति नदेखिँने । (प्रकरण नं. ४४) (२) निवेदक प्रतिवादी मौकामा वारदातमा उपस्थित भएको तर निजले आफ्नो साथमा कुनै हतियार लिएको वा मृतक माथि प्रहार गरेको भन्ने कुरा प्रमाणित हुन नआएकोले निजलाई मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १७ नं. को देहाय दफा (३) बमोजिम तीन वर्ष कैद सजायँ हुने । (प्रकरण नं. ४४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.4380
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2048/09/16
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४८, नि.नं. 4380
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्